क्रिकेटर पारस, ज्ञानेन्द्र र शरद रुस्लानको ब्रान्ड एम्बेस्डर

0
Shares

काठमाडौं, (नेस)
रुस्लानले क्रिकेट क्षेत्रका क्रिकेटर त्रय पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। एक वर्षको उक्त सम्झौता प्राथमिक तहको क्रिकेट विकासमा केन्द्रित रही क्रिकेट विकास र प्रचारमा योगदान गरिने कम्पनीले जनाएको छ।

पारस, ज्ञानेन्द्र र शरदलाई रुस्लानसँग जोड्न पाएकोमा निकै खुशी छौ। खेलकुद क्षेत्रमा ठुलो योगदान दिइ नेपाललाई विश्व सामु चिनाउन सफल यी उत्कृष्ट क्रिकेट खेलाडी जसले देशको क्रिकेट विकासमा ठूलो भूमिकानिर्वाह गर्नेमा विश्वस्त रहेको कुरा जावलाखेल ग्रुप अफ इण्डस्ट्रिसका प्रबन्ध निर्देशक राजबहादुर शाहले बताउनुभयो। फुटबल र क्रिकेटसंँग रुस्लानले लामो समयदेखि सहकार्य गर्दै आएको र भविष्यमायी खेललाई अझै विकास गर्न रुस्लानले पूर्ण समर्थन गर्ने कुरा जावलाखेल ग्रुप अफ इण्डस्ट्रिसका ग्रुप कार्यकारी निर्देशक सशिन जोशीले सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बताउनुभयो। ‘विश्वास, उत्कृष्टता र दृढता नेतृत्वको आधार हुन, यीनै विशेषतासंँग जोडिएर खेलकुदको क्षेत्रमा रुस्लानले आफूलाई दरिलो रूपमा प्रस्तुत गर्दै आएको छ।’