नेपालसँग व्यावसायिक सम्बन्ध सुधार गर्न फिनल्याण्ड आतुर

0
Shares

काठमाडौं, (नेस)
नेपालका लागि फिनल्याण्डका नवनियुक्त राजदूत पे्रटी एन्टीनेनले दुई मुलुकबीच विद्यमान आर्थिक सम्बन्ध आउँदा दिनमा अझ मजबुत र दृढ हुने विचार व्यक्त गर्दै नेपालमा संविधान निर्माणपछि स्थिर सरकार भई व्यवसायमैत्री वातावरणको सिर्जना भएको हुँदा द्विपक्षीय सम्बन्ध विस्तारमा फिनल्याण्ड सरकार आतुर रहेको बताएका छन्। नेपाल उद्योग परिसंघद्वारा आयोजित कार्यक्रममा राजदूत एन्टीनेनले २१ सेप्टेम्बर १९७४ देखि नेपालसँग दौत्य सम्बन्ध स्थापित भएदेखि फिनल्याण्डले वन, जलस्रोत, सुशासन आदिमा सहयोग पु¥याउन सकेको स्मरण गर्दै २०१६ को फिनल्याण्डको विकास नीति पनि दिगो विकास एजेन्डामा आधारित रही विकासोन्मुख मुलुकको अर्थतन्त्र विकासित गरी, रोजगारीको अवसर सिर्जना गर्नमा हुने, महिलाको हकअधिकार प्रदान गर्न उचित वातावरण तयार गर्ने, सुशासन खाद्य संप्रभुतामा जोड दिनेमा आधारित रहेको हुँदा नेपालले पनि यी नीतिबाट फाइदा लिई द्विपक्षीय आर्थिक एवम् व्यापारिक सम्बन्ध नयाँ दिशामा पु¥याउनुपर्नेमा जोड दिए।