जनता क्यापिटललाई स्वीकृति

0
Shares

काठमाडौं, (नेस)
जनता बैंक नेपालको शतप्रतिशत लगानीमा स्थापना भएको जनता क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डबाट धितोपत्रसम्बन्धी ऐन, तथा सो अन्तर्गत बनेका नियम, निर्देशिकाको अधिनमा रही धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रूपमा कार्य गर्न सक्ने गरी अनुमति प्राप्त गरेको छ।

कम्पनीले निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा प्रदान गर्ने छ।थापाथलीमा कार्यालय रहेको जनता क्यापिटलको आफ्नो उद्देश्य अनुरूपको व्यवसाय अगाडि बढाउन सबै पूूर्वाधार तयार भएको कम्पनीले जनाएको छ।