कहिले हट्ला डोटीमा छाउपडी ?

0
Shares

विमल विष्ट, डोटी
सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा छाउपडी गोठ धमाधम भत्काउन थाले पनि डोटीमा भने छाउपडी प्रथा र गोठ कायमै रहेका छन्। विभिन्न देवीदेउताको डरका कारण यहाँका ग्रामीण क्षेत्रमा अहिलेसम्म पनि छाउपडी मान्ने चलन कायमै रहेको छ। यहाँका ग्रामीण बस्तीका गाउँ–गाउँमा छाउपडी गोठ रहेको र महिलाले महिनावारी भएका बेला छाउ गोठमै सुत्नुपर्ने अवस्था रहेको बडीकेदार गाउँपालिका–१ की मुना मटेलीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘महिनावारी भए घरैमा सुते अनिष्ट हुन्छ भन्ने अन्धविश्वासका कारण हामी अहिले पनि छाउगोठमा बस्न बाध्य छौं।’

बडीकेदार गाउँपालिकालगायतका अन्य छिमेकी गाउँपालिकाभित्र छाउपडी प्रथा कायमै रहेको उहाँले बताउनुभयो। त्यस्तै डोटीको सायल गाउँपालिका–२, सिर्मामा रहेको तामेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक गोमा खातीले महिनावारी भएका बेला छात्रा विद्यालय नआउने गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘विद्यालय समयमै पनि छात्रा छाउ ९महिनावारी० भइन् भने भागेर जाने र चार दिन भएपछि मात्रै विद्यालय आउने गर्छन्।’ महिनावारी अर्थात् छाउ भएका बेला यहाँका महिला पाँच दिनसम्म छाउगोठमै बस्ने चनल रहेको स्थानीय गीतादेवी रावलले बताउनुभयो। उहाँले भन्नुभयो– ‘महिनावारी भएमा महिलाले पाँच दिनसम्म कुनै पनि पुरुषलाई छुनु हुन्न र दूध दहि पनि खानु हुन्न, खाए देउता रिसाउँछन् भनेर हामी अलगै बस्छौं।’

२०६२ साल वैशाख १९ गते सर्वोच्च अदालतले मासिक श्राव भएका महिलालाई छाउपडी गोठमा पठाउने प्रथा कुरीति भएको घोषणा गरी सरकारका नाममा आदेश जारी गरेको भए पनि डोटीमा त्यसको कसैले पनि पालना नगरेको महिला अधिकारकर्मी तुलसी शाहीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘छाउपडी प्रथा कुरीति हो भनेर अदालतले भने पनि यहाँका शिक्षित वर्गका घरमा नै बढी छाउपडी प्रथा मान्ने चलन कायमै छ, हटाउने कसले रु’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सुदूरपश्चिममा २०६२ सालयता करिब दुई दर्जनको छाउपडी प्रथाकै कारण ज्यान गएको छ।

गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध ९संहिता० ऐन–२०७४ को दफा १६८ को उपदफा ९३० मा छाउपडी प्रथा कसैले गरेमा कानुनी सजाया हुने उल्लेख गरिएको छ। उक्त दफाको उपदफा ९४० मा कसैले यस्तो कसूर गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।