गृहमन्त्री थापा र इजरायलका राजदूतबीच भेट

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले मंगलबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो। भेटमा गृहमन्त्री थापाले नेपालको विविधि क्षेत्रमा इजरायले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वाँस व्यक्त गर्नुभयो।

जलविद्युत्, पूर्वाधार, पर्यटन र सुरक्षाको क्षेत्रमा तालिम तथा प्रविधिमा इजरायलको सहयोग तथा सहकार्यका लागि गृहमन्त्रीले राजदूतसँग आग्रह गर्नुभयो। राजदूत ओमेरले नेपालसँग इजरायलको ऐतिहाँसिक सम्बन्ध रहेको चर्चा गर्दै यसलाई थप उचाइमा लैजानुपर्ने बताउनुभयो।

उहाँले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आफूले सक्दो पहल गर्ने जानकारी दिनुभयो। उहाँले साना किसान बैंकसँगको सहकार्यमा प्रत्येक वर्ष पाँच सय नेपाली कृषिसम्बन्धी तालिमका लागि इजरायल पुगेर सीप सिकेर फर्कने गरेर जानकारी दिँदै यसले नेपालको कृषि क्षेत्रको विकासका लागि महŒवपूर्ण भूमिका खेलिरहेको टिप्पणी गर्नुभयो। भेटमा राजदूत ओमेरले गृहमन्त्री थापालाई इजरायल भ्रमणको निम्तोसमेत दिनुभयो।