हरर कथामा बन्ने फिल्म घरको छायांकन शुरू भएको छ। काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा सोमबार पूजा गर्दै फिल्मको छायांकन शुरू गरिएको हो।
फिल्ममा अर्पण थापाको कथा तथा निर्देशन रहनेछ भने उनका साथमा नायिकाद्वय बेनिशा हमाल, सुरक्षा पन्त र कलाकार अस्मिता खनालको मुख्य भूमिका रहनेछ। शर्मिला पाण्डेको निर्माणमा बन्न लागेको फिल्म २० दिन लगाएर खिचिनेछ। बूढानीलकण्ठ आसपासमै फिल्म खिचिने निर्मातामध्येका एक दीपेन्द्र के खनालले जानकारी गराएका छन्। निरज कँडेलले चलचित्रको छायांकन गर्नेछन्। फिल्म डीएस डिजिटलको ब्यानरमा निर्माण भइरहेको छ।











प्रतिक्रिया