विमल विष्ट, डोटी ।
सोमबार राति देखि परेर हिमपातले बन्द भएको अत्तरीया स्याउले जोड्ने भिमदत्त राजमार्ग सुचारु भएको छ । नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानियको सहयोगमा राजमार्ग सुचारु भएको हो ।
राजमार्ग सुचारु भएपछि तराईबाट पहाड आउने तथा पहाडबाट तराई जानकालागि हिडेका सोमवार राती देखी अलपत्र परेका सवारी साधन आ आफनो गन्तव्य तिर जानथालेका छन् ।
सडक डिभिजनको डोजर,शुरक्षाकर्मी र स्थानियको सहयोगमा करिब ८/९ घण्टापछि उक्त राजमार्ग सुचारु गरिएको ईलाका प्रहरी कार्यालय बुडरका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो ।
बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात सोमवार राती देखी ठप्प भएको थियो । करिब दुई फिट जती हिउ जमेकाले राजमार्ग खुलाउन निकै समय लागेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया