भ्रष्टाचार अभियोगमा लेखापालविरुद्ध मुद्दा दायर

0
Shares

काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

परिषद्मा रहँदा तलबी भरपाई फरक पारी बढी रकम भुक्तानी गरी भ्रष्टाचार गरेको ढकालमाथि आयोगले आरोप लगाएको छ । सचिवालयमा कार्यरत रहँदा ढकालले कूल रु २४ लाख ४६ हजार २१२ बराबरको सरकारी रकम तलबी भरपाई समेतका आधारमा बढी रकम भुक्तानी हुने गरी बदनियत राखेको पाइएको आयोगको ठहर छ ।

हाल खनियावास गाउँपालिकाको कार्यालय, धादिङ दार्खामा कार्यरत ढकालले उक्त रकम निजी प्रयोगमा लगाएको देखिएकाले आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।
रासस