भक्तपुर ।
भक्तपुरमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । भक्तपुर नगरपालिका व्यासीबाट सोही नगरपालिका बस्ने २६ वर्षीय राजु कर्माचार्य र सोही नगरपालिका ५ डेकोचा बस्ने २२ वर्षीय विजेस नाटलाई लागूऔषध डाईजेपाम, फेनरागन र नुफिन गरी १२ एम्पुल र सिरिन्ज ७ थान सहित प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउसो महानगरीय प्रहरी परिसर, भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।











प्रतिक्रिया