ईट्टा भट्टाको खाल्डोमा डुबेर एक बालकको मृत्यु

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
चागुँनारायण नगरपालिका ८ सुडालमा रहेको सरस्वती ईट्टा भट्टाले पानी जमाउन खनेको खाल्डोमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।
काभ्रे नमोबुद्ध नगरपालिका ४ घर भई हाल सोही ईट्टा भट्टामा काम गर्ने सुमन तामाङको साडे ३ बर्षीय छोरा निरज तामाङको डुबेर मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

इँटा बनाउनका लागि इँटा भट्टा संचालकले वरिपरि बार समेत नहाली लापर्वाही तरिकाले एउटै भट्टामा १० वटासम्म ठूलो सानो खाल्डो बनाउँने गर्दा वर्षेणी खाल्डोमा डुबेर बालकको ज्यान जाने गरेको प्रहरीको भनाई छ ।

घट्नाबारे आवश्यक अनुसन्धान अगाडि बढाएको र शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाईएको प्रहरीले जानकारी दिएको छ ।