‘घुस नखाने भएकाले जिम्मेवारी नै पाइन’

0
Shares

काठमाडौँ । खानेपानी मन्त्रालयका एक सहसचिवले कार्यसम्पादन मूल्यांकनमा घुस नखाने भएकाले अाफूले जिम्मेवारी नै नपाएको जावफ दिएका छन । मन्त्रालयका सहसचिव राजनराज पाण्डेले अर्धवार्षिक कार्य सम्पादन मूल्यांकनका लागि लागि भरिएको फारममा उनले अाफूलाइ घुस नखाने कर्मचारी भन्दै मन्त्री र सचिवले कुनै पनि जिम्मेवारी नदिएको उल्लेख गरेका छन ।

यससँगै उनको यो जवाफले खानेपानी मन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुर घुस्याहा रहेको आरोप लागेको छ ।  उनले ६ महिनाको अबधिमा हाजिर गरेर तलब खानेबाहेक कुनै काम गरेका छैनन् । सहसचिव पाण्डेको जवाफको यो पत्र अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले फेसबकुमा फारम पोस्ट गरेपछि अरू धेरैले विभिन्न टिप्पणीका साथ उनको पत्र सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन ।