कहाँ गए ५९ बालबालिका ?

0
Shares

दैलेख, (नेस)
जिल्ला प्रहरी कार्यालय दैलेखले ६ महिनाको अवधीमा ४ जना फरार अभियुक्त पक्राउ गरेको छ । अदालतबाट विभिन्न समयमा दोषि ठहर भए पनि फरार रहेका अभियुक्तलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखले आर्थीक बर्ष २०७५÷०७६ को ६ महिनाको अवधीमा सम्पादन गरेका कामहरु जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । अदालतले विभिन्न समयमा दोषि ठहर गरी कैद सजाय र जरिवाना फौसला गरेपनि फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोखरेलले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार यो अवधीमा ८५ जना बालबालिका हराएको भन्ने निवेदन आएको थियो । जसमध्ये २५ जना बालबालिका मात्रै फेला गरेको प्रहरीले जनाएको छ । प्रहरीको तथ्यांकमा अहिले पनि ५९ जना बालबालिका हराएको सूचीमा छन् । हराएका मध्ये धेरै जसो बालबालिकाहरु सवारी साधनमा सहचालक तथा अन्य ठाउँमा काम गरेको अवस्थामा फेला परेको नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

गत श्रावण देखि पुस महिनाको अवधीमा ८१ वटा मुद्धा जिल्ला प्रहरी कार्यालय दैलेखमा दर्ता भएको थियो । जसमध्ये ४२ वटा मुद्धामा प्रहरी सफल भएको छ भने एउटा मुद्धा असफल भएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । उक्त मुद्धामा छानवीन भइरहेको उहाँको भनाई छ । यस्तै ३४ वटा मुद्धा प्रहरीले अनुसन्धान गर्न नपर्ने (भवितव्य) रहेका छन् भने ४ वटा मुद्धा चलिरहेका छन् ।