नेपाल समाचारपत्र, पाल्पा
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार एकलौटी रुपमा मनपरि ढंगले कानुन नियमको पालना नगरि अघि वढिरहेको आरोप लगाउनु भएको छ ।
सोमवार नेपाली कांग्रेस पाल्पाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा वर्तमान सरकारप्रति लक्षित गर्दै बरिष्ठ नेता पौडेलले विपक्ष दलको नेताविना संबैधानिक आयोगमा व्यक्तिको नियुक्ति गलत भएको बताउनुभयो । उहाँले आयोगलाई कम्युनिष्टको भर्ति केन्द्र बनाएकोमा आपत्ति जनाउनुभयो ।
नेता पौडेलले जात धर्म र क्षेत्रको आधारले राजनीति गर्न नहुने र राज्यको नामकरण गर्न नहुने बताउनुभयो । उहाँले नेकपामा दुई तिहाइको दम्भ रहेकाले मनपरि गरिरहेको वताउनु भयो ।
बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको गुटउपगुटको व्यबस्थापन नेतृत्व तहबाट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘हरेक पार्टीभित्र गुट उपगुट रहेका हुन्छन, ती गुटउपगुटको व्यबस्थापन जिम्मेवारी लिएका नेतृत्व बाट छलफल बाट व्यबस्थापन गर्न सकिन्छ ।’
बरिष्ड नेता पौडेलले पार्टी भित्र कार्यकर्ताले नेतालाई दोष लगाउनु भन्दा कार्यकर्ताले नेतालाई खबरदारी गर्नुपर्ने परिपाटीको विकास गर्नुपर्ने बताउनुभयो । विभिन्न निर्वाचनहरुमा पार्टी भित्रको अन्र्तघात रोक्नका लागी नेतृत्वले कार्यकर्ताको सही मूल्याङ्कन गर्नुपर्ने नेता पौडेलले जोड दिनु भयो । कसैको मुख हेरेर, नातागोता हेरेर निर्वाचनमा टिकट वितरण नगरी कार्यकर्ताको क्षमता, योगदानको मुल्याङन गरी अवसर प्रदान गर्नुपर्ने बरिष्ट नेता पौडेलको भनाइ थियो ।
नेपाली काग्रेसका केन्दिय सदस्य चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा सपना वाडदै हिडिरहेको तर युवाहरु विदेश पलायन भइरहेको प्रसंग औल्याउदै युवाहरु विदेश जाने नभई स्वदेशमा नै आफ्नो श्रम प्रयोग हुने वातावरण वनाउनुपर्नेमा जोड दिनुभयो ।











प्रतिक्रिया