डोटी, (नेस)
सामाजिक रुपमा निन्दनीय र कानूनी रुपले दण्डनीय मानिने बालविबाह, बहुँविवाह, छाउपडीप्रथा, जातीय विभेद लैंगिकहिसा, लागुऔषध दुव्र्यसनी लगाएतका कुप्रथाको अन्त्यका लागि डोटी प्रहरीले जिल्लाका बिभिन्न टोल÷टोलमा प्रहरी अभियानलाई निरन्तरता दिन थालेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीले केहीगएको तिन महिना यता देखी उक्त अभियानको थालनी गरेको हो । जिल्लाका बिभिन्न गाउँ तथा टोलमा अझैपनि बाल,तथा बहुँबिबाह जस्ता सामाजिक कुप्रथा कायमै भएका कारण त्यस्को अन्त्यका लागि आफुहरुले यो अभियानको थालनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी तथा प्रहरी प्रबक्ता लालबहादुर धामीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय डोटीले जिल्ला सदरमुकाममा १७ वटा प्रहरी टोलि तथा अन्य ग्रामिण क्षेत्रमा रहेका प्रहरी ईकाई मार्फत अभियान सन्चालन गरीरहेको छ । प्रहरीहरुको टोलीले यहाँका बिभिन्न टोल, स्कूल तथा सार्वजनिक ठाउहरुमा पुगेर सामाजिक विकृतिका विरुद्धमा जनाचेताना जोगाइ रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक र्निपबहादुर बाहेराले जानकारी दिनु भयो ।
त्यस्तै प्रहरीले विद्यालयमा पुगेर लागु औषध दुव्र्यसनीमा फसेका बालबालिका, युवायुवतिहरुलाई समेत सचेतना जोगाइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।











प्रतिक्रिया