७० लिटर घरेलु मदिरा नष्ट

0
Shares

हुम्ला, (नेस)
जिल्ला प्रहरी कार्यालय हुम्लाले ७० लिटर घरेलु मदिरा नष्ट गरेको छ । माघे संक्रान्तीको दिन खार्पुदोभानमा बरामद गरिएको घरेलु मदिरा आइतबार सरोकारवालाको रोवहरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी हरिहर खड्काले बताउनुभयो ।

खार्पुनाथ शिवमन्दिरमा लागेको माघी पर्व लाई सुरुक्षा गर्न जिल्ला बाट खटिएको प्रहरी नायव उपरिक्षकको टोलीले विचबाटै लजाने क्रममा ७० लिटर घरेलुमधिरा बरामद गरि आईतवार नष्ट गरिएको सुचना अधिकारीले खड्काले बताउनुभयो ।

उक्त मधिरा मागी संक्रान्तिकै दिनमा बरामद गरिए पनि याङ्गचु प्रहरी चौकीमा राखेको हुनाले जिल्ला ल्याउन ढिलो भएकै कारणले आईतबारका दिनमा नष्ट गर्नु परेको प्रहरी नायव उपरिक्षक रविन श्रेष्ठले बताउनुभयो ।