मोतीराम तिमल्सिना, काभ्रे
महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षण सम्वन्धी छलफल तथा अन्र्तक्रिया कार्यक्रम धुलिखेलमा सम्पन्न गरेको छ । लेखापरीक्षको संख्या अभाव भएकाले गाउँपालिकाहरुको लेखापरीक्षण जिल्लामै बोलाएर गर्न निर्देशन दिएको महालेखापरीक्षक टंकमणि शर्माले बताए ।
जिल्लाका स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु, कार्यालय प्रमुखहरु, लेखा प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा लेखापरीक्षणका क्रममा भएका समस्या र ब्यवहारिक पक्षका बारेमा जिज्ञासा राखिएको थियो । कार्यक्रममा बोल्दै महालेखापरीक्षक टंकमणी शर्मा(दंगाल) ले सहभागिहरुले राखेको जिज्ञासको सम्बोधन गर्दै निर्देशन दिएका थिए । कार्यक्रममा बोल्दै लेखापरीक्षणका क्रममा देखिएका समस्यालाई सुझावका रुपमा लिन सहभागिहरुलाई अनुरोध गरे ।
‘लेखापरीक्षण दबाउने हैन, उजागार गर्नु पर्छ’– उनले भने–‘ब्यवसायीकतामा सबैभन्दा ठुलो कुरा नैतिकता आवश्यकता छ ।’
कार्यक्रममा बोल्दै महालेखारीक्षक शर्माले भने–‘ जसरी सियोको टुप्पो भाँचिए पछि जोड्न मिल्दैन त्यसरी नै सिईओ विग्रिए पछि बजारमा विक्न सक्दैन ।
सरकारी अधिकारीले कमिसन खाएको कुरा लेखापरीक्षकले मात्रै खुलाउन नसक्ने बताउँदै शर्माले ऐना फुटेपछि मान्छेले नहेर्ने भए जस्तै लेखापरीक्षकहरुले पनि आफुलाई त्यस्तो नबनाउन उनले सुझाव दिए । ‘चरा उडेपछि उसको रुट कसैले पत्ता लगाउन सक्दैन’–उनले भने–‘अरुले खाएको रकम मिलाएको अवस्थामा लेखापरीक्षकले पत्ता लगाउन सक्दैन ।’
नैतिकता र इमान्दारिता नै भएन भने मुलुकमा कसैको भर पर्नु नपर्ने शर्माले बताए । कानुन बनाउँदा ब्यवहार समेत हेरेर बनाउन स्थानीय सरकारलाई उनले सुझाव दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका काभ्रेका प्रमुख उद्धव केसीले ब्यवहारीकता सँगै नैतिकता र कानुन जोडिएकाले त्यसका मर्यादा कायम राख्न सुझाव दिए । नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नियत राम्रो नहुँदासम्म अनियमितता रोकिन नसक्ने बताए । कर्मचारी समायोजन नहुँदा स्थानीय सरकारलाई समस्या भएको बताउँदै अध्यक्ष ब्याञ्जुले पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिता कमजोर बन्दै गएको बताए ।
खरिद ऐनका कारण विकासका हरेक कुरामा समस्या उत्पन्न गराएकाले त्यसको शंशोधन आवश्यक रहेको ब्याञ्जुले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जिल्लामा भएको सेवा प्रवाहका बारेमा जानकारी गराएका थिए ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष अधिकृत नारायणप्रसाद उपाध्यायले जिल्ला गरिरहेको आर्थिक र शुशासन सम्वन्धी विषयमा जानकारी गराएका थिए । कार्यक्रममा उपमहालेखापरीक्ष इश्वर नेपालले देशभर लेखापरीक्षण भईरहेको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, गाउँपालिका अध्यक्ष गुमानध्व कुँवर, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, बनेपा पोलिटेक्निक शिक्षालयका शिक्षालय प्रमुख मिस्टरकान्त मैनाली, धुलिखेल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुँईटेल, कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णभद्र अधिकारी, तालिम केन्द्रका प्रमुख चन्द्रप्रसाद लुईटेल, डिएलपियुका निर्मलकुमार घिमीरे, शिक्षा समन्वय अधिकारी डिकबहादुर राई लगायतले लेखामा भएका समस्या र विकृतिका बारेमा सुझाव दिएका थिए ।











प्रतिक्रिया