जिल्ला अस्पतालमा हाइड्रोसिलको अपरेसन हुने

0
Shares

नुवाकोट, (नेस)
जिल्ला अस्पताल नुवाकोटमा यहि माघ १५,१६ र १७ गते निशुल्क हाईड्रोसिलका विरामीहरुको निशुल्क शल्यक्रिया हुने भएको छ ।

जिल्ला (त्रिशुली) अस्पताल नुवाकोटले सोमबार आयोजना गरेको हात्तिपाइले रोग निवारण हाईड्रोशिल÷सल्यक्रिया सम्बन्धित अन्र्तरक्रिया कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष अर्जुन न्यौपानेले अस्पतालमा निशुल्क हाईड्रसिलका विरामीको निशुल्क अपरेसन गरिने बताए ।

उनले नेपाल सरकारको हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य अनुसार अस्पतालमा निशुल्क सल्यक्रिया गरिने बताए । त्यस्तै सो कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका नुवाकोटका निमित्त प्रमुख राममणि घिमिरेले नुवाकोटमा १५ सयभन्दा बढी हाईड्रोशिल विरामी रहेको बताए । उनले सरकारले सन २०२० सम्ममा सरकारले हात्तिपाईले रोगीको संख्या शुन्यमा झार्ने अभियान अन्र्तगत जिल्ला अस्पतालमा निशुल्क शल्यक्रिया गर्न लागेको बताए ।

जिल्ला अस्पतालले तिन दिन गर्न लागेको शल्यक्रियामा ७२ जना विरामीको शल्यक्रिया गर्ने लक्ष्य लिएको अस्पतालकी निमित्ति मेडिकल सुपरिटेन्डेन देबकी खतिवडाले बताइन । निमित्त मे.शु खतिवडाका अनुसार अस्पतालमा दक्ष जनशत्तिको अभाव रहेको र सो शल्यक्रियाका निमित्त अस्पतालले विशेषज्ञ डाक्टर हाएर गरेर शल्यक्रिया गर्ने बताइन ।

त्यस्तै अस्पतालका डा.विवेक केशीले हात्तिपाइले रोग सामान्य जन्मजात, चोटपटक लगायतका कारणले हुने बताए । सरकारले प्रतिव्यक्ति अस्पतालमा शल्यक्रिया गनै ६ हजार रुपैयाँ दिएको जिल्ला अस्पताल नुवाकोटले जनाएको छ । सरकारको पछिल्ला तथ्याङक अनुसार देशभर २५ सयभन्दा बढी हात्तिपाईलेका विरामी रहेको छ ।