गण्डकी प्रदेशमा श्रम स्वीकृत लिनेको संख्या बढ्दै

0
Shares

विजय नेपाली, पोखरा
गण्डकी प्रदेश सरकारले पुनः श्रम स्वीकृत दिन लागेको एक महिना नि भएको छैन । तर प्रदेश सरकारले दिएको सुविधा लिनेको संख्या दिन दिनै बढ्दो छ । ६ गते मात्रै ६४ जनाले मात्रै विभिन्न देशको लागि श्रम स्वीकृत लिन आए । गण्डकी प्रदेश सरकारले पुनः श्रम स्वीकृत दिन थालेपछी सेवाग्राही समेत खुसी हुन थालेका छन । काठमाण्डौ गइ श्रम स्वीकृत लिदा निकै झन्झट हुने र लामो समय लाइनमा बस्नु पर्ने बाध्यताले सर्वसाधारणले निकै सास्ती खेप्नु परेको थियो ।

अहिले गण्डकी प्रदेश श्रम तथा रोजगार कार्यालय कास्किले पुस २६ गते बाट स्वीकृत दिन थालेको हो । पुस महिनाको अन्तिम चार दिनमा गण्डकि प्रदेशबाट दुई सय १४ जनाले श्रम स्वीकृत लिएका थिए । माघ ६ गते सम्ममा दुई सय १६ जना पुरुष र पाच जना महिला गरि दुई सय २१ जनाले श्रम स्वीकृत लिइ सकेका छन ।

६ वर्ष कतार बसेर आएका स्याङ्जाका लक्ष्मण विक भन्छन “अहिले निकै सहज भएको छ, पहिले काठमाडौं जादा बिहान ४ बजे देखि लाइनमा बस्नु पर्थेयो निकै सकस हुने थियो यहाबाट लिदा नजिक अनि छिठो काम भयो“ त्यस्तै चार वर्ष दुबइ बसेर आएका म्याग्दिका लालप्रसाद रोका पनि निकै खुसी भए । स्थानिय तहबाटै श्रम स्वीकृत लिदा समय र पैसा दुबैको सदुपयोग भएको बताए । उनले भने “ हामिले धेरै फरक पायौ,अहिले राजधानी जाने झन्झटबाट मुक्त भयौ, काम पनि चाडो भयो“ ।

त्यस्तै श्रम तथा रोजगार कार्यालयका कर्मचारी भन्छन् कार्यालयको काम बाट सेवाग्राही खुसी छन ,काम समयमै भएको छ । श्रम कार्यालयका कारखाना निरीक्षक छन्द नारायण श्रेष्ठ बताउछन एक पटक गएर आएको देश र सोही देशको पहिला गएको कम्पनी वा नया कम्पनी भएमा आधिकारिक हो या होइन हेरेर मात्र स्वीकृत दिने गरेका छौ ।“ सेवा ग्राहिले अनलाइन फारम भर्दा अलि बढी समय लाग्ने गरेको बताउदै फारम भरे पश्चात् भने काम तत्कालै सम्पन्न भएको उनले बताए ।

कार्यालयको लागि पाँच जना कर्मचारीको आवश्यक परे पनि अहिले चार जना मात्र कर्मचारी रहेको उनले जानकारी दिए । अहिले एक जना भाषा अनुवादक, कम्प्युटर अपरेटर्स दुई जना र एक जना नायब सुब्बा रहेको उनले जानकारी दिए । कार्यालय बाट आन्तरिक तथा बाह्यको लागि समेत श्रम स्वीकृत दिने गरेको बताए ।

उनले भने “ हामिले श्रमिकहरुको मुद्दालाई समेत हेर्ने गरेका छौ, श्रमिकहरुको गुनासो सुनी आवश्यक कार्वाही र सहयोग गर्ने गरेका छौ, व्यसायिक तथा औधोगिक श्रमको लागि हामिले काम गरेका छौ“ श्रम ऐन ०७४ र श्रम नियमावली ०७५ अनुसार काम गरेको उनले बताए । श्रम तथा रोजगार कार्यालय कास्कीबाट हाल दुवइ,कतार,मलेसिया ,बहराइन,इजरायल,लेवनान, साउदी लगायतको राष्ट्रको लागि श्रम स्वीकृत दिदै आएको छ । सेवा ग्राहिको काम एक देखि तीन घण्टा भित्र नै सकिने निरीक्षक श्रेष्ठले बताए ।