नेपाल समाचारपत्र, नुवाकोट
पिपलटारदेखि ढुङ्गेसम्मका सडक प्रभावितले मुआब्जा सडक आयोजनाले मुअब्जा नदिए अनिश्चितकालीन नुवाकोट बन्द गर्ने चेताबनी दिएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत पर्ने पिपलटारदेखि ढुङ्गेसम्मका प्रभाबित स्थानीयबासीले मुआब्जाको माग राख्दै आईतबार नुवाकोट ठप्प नै पारेका थिए ।
मुआब्जापीडित सङ्घर्ष समितिले अबको केही दिनमा आयोजनाले मागको सम्बोधन नगरे नगरपालिकाभित्र सडक आयोजनाको कार्यालय राख्न नदिने र आफ्नो जायज मागहरुको सम्बोधनको लागी सर्बोच्च अदालत नै जाने चेताबनी समेत दिएको छ ।
आयोजना अन्तर्गत पीपलटार–ढुङ्गे करीब नौ किमी सडक बालाजु–त्रिशूली सडकखण्डमा पर्ने र सो सडकको सीमा निर्धारण विसं २०३४ को राजपत्रमा उल्लेख गरिएको भन्दै मुआब्जा नदिने जनाएपछि प्रभावित बासिन्दाले सङ्घर्षको कार्यक्रम अन्तर्गत नुवाकोट बन्द गराएका हुन् । आईतबार गरिएको नुवाकोट बन्दलाई सदरमुकाम बिदुरचोक स्थित सम्बोधन गर्दै सडक प्रभाबितहरुले राष्ट्रिय गौरबको आयोजनाको नाममा आफुहरुलाई सुकुम्बासी बनाउन नहुने माग गरेका थिए । आयोजनाले कुनै ठाउमा मुआब्जा दिने र कुनै ठाउमा नदिने कार्य न्यायोचित नभएको पीडितहरुको भनाई छ ।
सङ्घर्ष समितिले गरेको नुवाकोट बन्दले नुवाकोट र रसुवामा सञ्चालित छोटो तथा लामो दूरीका यातायातका साधन ठप्प हुँदा यात्रुले सास्ती पाएका थिए । बन्दले बजार क्षेत्र, शैक्षिक संस्था, उद्योग तथा कलकारखाना समेत प्रभावित भएका थिए । यस्तै, त्रिशूली–ककनी–बालाजु खण्डमा पर्ने पासाङल्यामु राजमार्ग क्षेत्रको दायाँबायाँ जग्गाको सीमा निर्धारण विसं २०३४ मा सडक विस्तारको क्रममा सडकको पहुँचमा आइसकेको भन्दै आयोजनाले मुआब्जा दिन नमल्निे बताउदै आएको छ ।











प्रतिक्रिया