प्रदेश सरकारकोे सुन्दर र सफा सेवा प्रवाहस्थल अभियान

0
Shares

विराटनगर, (नेस)
नागरिकको स्वच्छ तथा सरसफाइयुक्त वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितताका लागि सार्वजनिक सेवा प्रवाहस्थल सफा र सुन्दर बनाउने अभियान शुरु गरिएको छ । व्यक्तिका घर, समुदाय तथा शहरी सरसफाई र स्वच्छतालाई पूर्ण कार्यान्वयनमा ल्याउन सार्वजनिक सेवा प्रवाहस्थललाई प्राथमिकतामा राखेर सुधार थालिने भएको हो ।

प्रदेश १ सरकारले आगामी एक वर्षसम्म यसलाई अभियानकै रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । सामाजिक विकास मन्त्रालयले अगाडि सारेको योजनाअनुसार पूर्ण सरसफाइयुक्त प्रदेश निर्माणमा कर्मचारीकै व्यवहार र बानीमा परिवर्तन खोजिएको छ । सामाजिक विकास मन्त्रालयले अभियानमा सामेल गराउन आयोजना गरेको कार्यशालामा कर्मचारीसँग समेत आफ्नो कार्यालय परिसर सफा र सुन्दर राख्ने प्रतिबद्धता माग गरिएको छ ।

प्रदेशभित्रका १५ वटा सार्वजनिक सेवा प्रवाहस्थल कार्यालयको अवस्थाको दृश्य देखाएर सामाजिक विकास मन्त्रालयले आफू कार्यरत कार्यालयको सफाइमा ध्यान दिन आग्रह गरेको हो । आफू कार्यरत कार्यालयको सफाइमा ध्यान नदिनु राष्ट्रप्रतिको गैरजिम्मेवारी रहेको धारणा प्रदेश सरकारले गरेको हो ।