नेपाल समाचारपत्र, पोखरा
पोखराको विभिन्न स्थानमा चोरी गर्दै हिड्ने तीन जनालाइ दुई थान खुकुरी सहित प्रहरिले पक्राउ गरेको छ ।
पोखरा बडा ९ पृथ्विचोकमा शंकास्पद अबस्थामा हिडिरहेको उनिहरुलाइ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । चितवन राप्ती ११ घर भई पोखरा १० घलेचोक बस्दै आएका १९ वर्षिय सुनिल श्रेष्ठ, वाग्लुङ जैमिने ९ घर भई पोखरा २५ हेम्जा बस्दै आएका २७ वर्षिय खुमप्रसाद थापा र पोखरा ९ पृथ्बिचोक बस्ने २३ वर्षिय गगन खवास समेत ३ जनाको समुह भई चोरी गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङ्गले बताए । उनिहरुले विभिन्न ६ स्थानमा चोरीगरेको अनुसन्धान बाट खुल्न आएको गुरुङ्गले बताए ।
“पोखरामा पछिल्लो समय चोरीको घटना बढ्दै गएको थियो, हामिले विभिन्न अप्रेसन गरि गिरोह पक्राउ गर्न सफल भएका छौ“ उनले भने । प्रारम्भिक अनुसन्धान पश्चात चोरीमा संग्लन तिन जनाको घर कोठा समेत खानतलासी गर्दा प्रहरिले विभिन्न चोरीका सामान बरामद गरेको छ ।
उनीहरुको साथ बाट खुकुरी दुइ थान चक्कु एक थान,फलामको छिनो एक थान फलामको ह्यामर एक थान २० हजार ६ सय १० रुपैया, सेतो रंगको पाउजु ६ थान, सिक्री एक थान, सानो बाला १३ ठूलो बाला दुइ, औँठी एक, सुनौलो रङको १७ टुक्रा ६९ लाल, कानमा लगाउने टप २ थान, ७ लालको मुन्द्रा २ थान मोबाइल चार थान बरामद भएको प्रवक्ता गुरुङ्गले जानकारी दिए ।











प्रतिक्रिया