दक्षिणकाली नगरपालिकाका उपमेयरले लिइनन् गाडी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
दक्षिणकाली नगरपालिकाकी उप–मेयर बसन्ती डंगोल तामाङ्गले सुविधा बापतको सवारी नलिने भएकी छिन्। उनले नगरपालिकाको तेस्रो नगर सभाले उपप्रमुखको सुविधाको लागि पारित गरेको ३० लाख बराबरको गाडी लिन अस्वीकार गरेकी हुन् ।

बरु, उनले सवारी सुविधाका लागि पाएको ३० लाख शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरिने प्रतिबद्धता व्यक्त गरिन् । उनले उक्त बजेटबाट २५ लाख प्राविधिक शिक्षाको लागि कामधेनु माध्यामिक विद्यालयलाई कृर्षि प्राविधिक विद्यालय संचालन गर्न र गाउँको सुविधाको लागि एम्बुलेन्स खरिदमा सहयोग गर्ने बताईन ।

आजको युग आधुनिक शिक्षाको युग भएको बताउँदै उनले भनिन्, ‘गाउँको बिरामी एम्बुलेन्सका कारण ज्यान गुमाइरहेका बेला गाडी चढ्न भन्दा भएको पाँच लाख एम्बुलेन्स किन्न दिँदा राम्रो होला भनेर त्यता दिएँ।’ गत असारमा बसेको तेस्रो नगर सभाले उपप्रमुखको सवारी सुविधाको लागि ३० लाख रुपैयाँ छुट्याएको थियो।

तामाङ्ग तत्कालिन नेपाली कंग्रेसबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।