नेपाल समाचारपत्र, काठमाडौं
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल कारबाहीमा परेका छन् । ३८ क्विन्टल सुन तस्करी प्रकरणमा आरोपितबारे विवादास्पद थुनछेक आदेशलाई लिएर न्याय परिषद्ले न्यायाधीश उनलाई सचिवालयमा तान्ने निर्णय गरेको हो ।
यसअघि उच्चअदालत विराटनगरका मुख्य न्यायाधीशहरु नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेललाई पनि न्याय परिषद्को सचिवालयमा तानिएको थियो ।
सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालतले उनीहरुमध्ये अधिकांशलाई धरौटीमा छाडेको थियो ।
न्याय परिषद्ले यसबारे छानविन गर्न सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडालाई तोकेको छ । यस्तै उच्च अदालत पाटनका न्यायाधीश विश्वमंगल आत्रेयबारे छानविन गर्न अर्का न्यायाधीश आनन्दमोहन भट्टराईलाई तोकिएको छ ।
न्याय सम्पादन प्रक्रियामा बदनियत देखिएपछि आत्रेयलाई न्यायपरिषद् सचिवलायमा तानिएको थियो ।











प्रतिक्रिया