काठमाडौ (नेस) । पूर्व राजा ज्ञानेन्द्र केही दिनकालागि सिमरा र झापाको दमकमा जाने कार्यक्रम तय भएको छ । राजनीतिमा गम्भिर चासो देखाउदै आउनु भएका पूर्व राजा ज्ञानेन्द्रले बाराको सिमरामा बस्दा त्यहांपनि पूर्व राजावादीसंग भेट गर्नुहुने भएको छ । राजतन्त्र फर्काउनु पर्ने माग गर्दै केही राजावादीहरुले ठाउं ठाउंमा जुलुस निकालेपछि अहिले पूर्व राजा उत्साहित हुदै भेटघाटलाई सक्रिय बनाउदै आउनु भएको छ ।
आरामकालागि समिरा र दमक जान लागेको बताइएपनि राजतन्त्र फर्काउने बिषयमा पूर्वराजावादीसंग सल्लाह गर्न उहां त्यस तर्फ जान लागनु भएको बताइएको छ ।
पूर्व राजाका संवाद सचिव फणी पाठकले एक बक्तब्य जारी गरी पूर्व राजा झापा र सिमरा जानलागेको उल्लेख गर्नुभएको छ ।











प्रतिक्रिया