पुष्कर बुढाथोकी, भक्तपुर । सूर्यबिनायक नगरपालिकाको हालै सम्पन्न भएको चौंथो नगर सभाले ६ वटा नयाँ कानुन निर्माण गरेको छ । चौंथो नगरसभाको निणर्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाको गत पुस २९ गते सम्पन्न नगरपालिकाको चौंथो नगर सभाले ६ वटा नयाँ कानुन र यसअघि सम्पन्न तीनवटा नगरसभाले २९ वटा गरी कुल ३५ वटा कानुन निर्माण गरीसकेकोे नगरपालिकाले जनाएको छ ।
पुस २९ गते सम्पन्न नगरसभाले नगरपालिकाको आर्थिक कार्यविधि, प्रशासनिका कार्यविधि , अपाङ्ंता भएका ब्यक्तिको अधिकार सम्बन्धि ऐन , नगर शिक्षा नीति, स्वास्थ संस्था दर्ता अनुमती तथा नविकरण निर्देशिका र अपाङगंता भएका ब्यक्तिको परिचय पत्र बितरण सम्बन्धि कार्यविधि निमार्ण गरेको नगरपालिकाका प्रमुख बासुदेव थापाले जानकारी दिनुभयो ।
पर्यटन, कृषि, शिक्षा र पुर्वाधार सूर्यविनायकको समृद्धिको मूल आधारm भन्ने दुरदृष्टिका साथ चौथो नगर सभाले पुर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास मार्फत समृद्धि गर्न प्रभावकारी समाजिक सेवा आन्तरिक राजश्व सुदृढीकरण न्याय सम्पादनमा प्रभाकारिता गर्न चौथो नगर सभाले विभिन्न रणनीतिहरु अवलम्बन गरेको पत्रकार सम्मेलनमा प्रमुख थापाले जानकारी दिनुभयो ।
नगरपालिकाको नगरसभाले पूर्वाधार बिकास पहुँच अभिबृद्धि, सामाजिक विकास मार्फत सामाजिक रुपान्तरण, आर्थिक विकास मार्फत आर्थिक बृद्धि लगायतका रणनीति अवलम्बन गरेको सूर्यबिनायक नगरपालिका वडा नं। ७ का वडाध्यक्ष तथा पूर्वाधार विकास समितिका संयोजक रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।
सूर्यबिनायक नगरापालिकाको दसै वडामा भएको शिव मन्दिरहरुलाई धार्मिक सर्किटको रुपमा विकास गर्ने गरि डिपिआर तयार गरेको नगरपालिका वडा नं ८ का अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक किरण थापाले बताउनुभयो । नगरपालिकाको चालु आर्थिक बर्षका लागि विनियोजित ७६ करोड, ४५ लाख २७ हजार रुपियाँ मध्ये अहिलेसम्म सो बजेटको ६० प्रतिशत रकम खर्च भइसकेको नगरपालिकाले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
पूर्वाधार विकासमा रु ५ लाख भन्दा बढी रकमको योजना प्रतिस्पर्धा, पारदर्शिता र गुणस्तरीयतालाई मध्य नजर गरि ठेक्का दिने नीति अवलम्बन गरेको जस अनुसार ३२ करोड बजेट विनियोजन गरि १५९ वटा योजनाहरु स्वीकृत भइ कार्यन्यनको चरणमा रहेको प्रत्येक योजनामा कम्तिमा रु १ करोड बजेट रहेको छ ।
पूर्वाधार विकास, सामाजिक विकास, आधारभूत स्वास्थ्य, महिला बालबालिका तथा जेष्ठ नागरिक, कृषि, पर्यटन, शिक्षा, सहकारी, हरियाली वातावरण, विपद व्यवस्थापन लागाएतका कार्यक्रम सचालन गरि सूर्यविनायक नगरपालिकाको लक्ष्य लिए अनुसार विकास निर्माण कार्य गरिरहेको पत्रकार सम्मेलनमा थापाले बताउनुभयो । पत्रकारहरुको जिज्ञासाको जवाफ उपप्रमुख जुना वस्नेत,वडा न ९ का अध्यक्ष उपेन्द्र केसी समेतले दिनुभएको थियो ।











प्रतिक्रिया