वादी बस्ती लालपुर्जाविहीन

0
Shares

दैलेख, (नेस)
‘लालपुर्जाको लागि भौतारिएको बर्षौ बर्ष बित्यो, चुनावका बेला लालपुर्जा दिलाउने आश्वासन दिएका नेताहरु अहिले कुर्चीमा छन्, नमूना बस्तीका बासिन्दाहरुको लालपुर्जाका लागि धेरैपटक आन्दोलन ग¥यौ तर कसैले आम्रो आवाज सुनेन् ।’ नमूना बस्तीका समस्याहरु सुनाउँदै पवित्रा बादीले भन्नुभयो । उनकै छिमेकी राम कुमारी बादीले लालपुर्जा पाउनकै लागि पटक पटक सरकारी कार्यालय धाएको बताउनुभयो ।

दैलेख सदरमुकाम नारायण नगरपालिका–१ गणेश चोक स्थित नमुना बादी बस्तीका स्थानीय बासिन्दाहरु लालपुर्जाका लागि विगत १५ बर्षदेखि यसरीनै भौतारिरहेका छन् । सबैभन्दा पिछडिएको जाती बादी समुदायको बसोबास रहेको नमूना बादी बस्तीका स्थानीय लाल पुर्जा पाउने आशमा पटक पटक सरकारी कार्यालय धाउँदै आएपनि उनिहरुको समस्या ज्यूँको त्यूँ छ । लालपुर्जा नहुँदाको पीडाले उनीहरूलाई पिरोलिरहेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका वादी समुदायका आठ घरपरिवार २०५८ सालमा स्थानान्तरण भई गणेशचोक स्थित वनक्षेत्रमा त्यहाँ आइ बसेका थिए ।