सल्यान, (नेस)
सल्यानमा मासुजन्य उत्पादन संकलन केन्द्र ब्यवस्था गरी एकद्धार प्रनाली बनाउनु पर्ने ब्यसायीहरुले बताएका छन । जिल्लाका किसानहरु पशुपालन क्षेत्रमा अग्रसर भएकाले कृषकहरुले उत्पादन गरेका खसी, बोकाहरुको संंकलन केन्द्र निर्माण गरी निकासी गर्न पशुपालन ब्यसायहरुले माग गरेका हुन ।
दलित बिकास समाज सल्यान र सल्यान उधोग बाणिज्य संघको समन्वयमा मासु ब्यसायी कृर्षकहरु, सरोकारवाला निकाय बिच भएको छलफलमा उनिहले खसी बोका उत्पादन गरेपनि बिक्रि गर्नमा समस्या भएको बताएका छन ।
आफुहरुले ब्यवसायीक रुपमा नै बाख्रापाल गरेको भएपनि खसी बोका बिक्रि गर्दा हचुवाको भरमा बिक्रि गरिरहेको छत्रेश्वरी गाउँपालीका वडा नम्बर ५ लेखपोखराका बाखा्रपालक किसान मोहन खत्रीले बताए ।
जिल्ला खरिद गर्दा एउटा मुल्य र जिल्ला बाहिर खपद गर्दा फरका मुल्य भएकाले पनि प्रतिस्प्रदाको हिसाबले किनबेच गर्नुपरेको शारदा नगरपालीका १ श्रीनगरका मासु ब्यवसाय मन्जुर कुमार श्रेष्ठले बताए । मासुको मुल्य नै नीर्धारण नगर्दा मासु खपतमा समस्या भएको र ब्यवारीसे कारोबार भैरहेको उनले बताए ।











प्रतिक्रिया