हेटौंडा ।
नेपाल तरुण दलले सरकारको ‘अधिनायकवादी चरित्र’ विरुद्ध देशव्यापी गर्न लागेको प्रदेशस्तरीय विरोध प्रदर्शनको तयारीका लागि आइतबार पार्टीका जिल्ला पदाधिकारी र जिल्लाका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखबीच छलफल गरेको छ ।
नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षमा भएको अन्तत्र्रिmयामा जिल्ला सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल बिश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदीप कोइराला, तरुण विभाग प्रमुख अर्जुन तिवारी, जिल्ला सदस्य भीमसेन महत, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेवि संघ जिल्ला अध्यक्ष राजु खतिवडा, लोकतान्त्रिक खेलकुद संघ अध्यक्ष सबिन भट्टचार्यलगायत भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखको उपस्थिति थियो ।
नेपाल तरुण दल मकवानपुरले माघ १० मा ३ नम्बर प्रदेशस्तरीय विरोध प्रदर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न गर्नुपर्ने गृहकार्यबारे आआफ्ना धारणा राखिएको थियो ।











प्रतिक्रिया