नेपाल समाचारपत्र, काठमाडौं ।
कालिमाटीमा अपार्टमेन्ट भाडामा लिई नेपाली बालकलाई विभिन्न प्रलोभनमा पारी यौन दुराचार गरेको आरोपमा बेलायतका ५० वर्षिय आइएन रोबर्ट कोल पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान व्यूरोले शनीबार उनी सहित उनलाई सहयोग गरेको आरोपमा २ नेपालीलाई समेत पक्राउ गरेको छ ।
व्यूरोले कोल बसेको अपार्टमेन्टबाट ३ नेपाली बालकलाई उद्दार गरेको व्यूरोका प्रहरी उपरिक्षक उमा प्रसाद चतुर्वेदीले बताउनुभयो ।
विदेशी नागरिकले नेपाली बालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभवनमा पारी बाल यौन दुराचार गरेर नेपाली बालकहरुलाई पीडित बनाउने गरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको व्यूरोले जनाएको छ ।
व्यूरोका अनुसार पक्राउ परेकाहरुको विरुद्ध बाल यौन दुरुपयोग र अप्राकृतिक मैथुन अपराध मुद्धा अन्तर्गत अनुसन्धान गरीरहेको छ ।











प्रतिक्रिया