अछामको ढकारी गाउँपालिकामा पहिलो पटक बस पुग्यो

0
Shares

धर्मेन्द्र बिसि, अछाम ।

अछामको ढकारी गाउँपालिकामा पहिलो पटक बससेवा सञ्चालन भएको छ । गाउँपालिकाको सक्रियतामा कमलबजारको घोडासैनदेखि बाचकोट सम्मको सडक स्तरोन्नती गरेपछि पहिलो पटक गाउँमै बस पुगेको हो ।

घर नजिकैबाट बस चढ्ने स्थानीयको सपना पुरा गर्न ढकारी गाउँपालिकाले कमल बजार नगरपालिका वडा नम्वर १० देखि गाउपालिका कार्यालय सम्म १२ मिटर फराकिलो सडक निर्माण गरेको छ ।

बस सेवाको नेपाली काङ्ग्रेस महासमिती सद्स्य बलबहादुर कुवरले एक औपचारीक समारोहका बिच उदघाटन गर्नुभयो ।

बस सेवाको उदघाटनल गर्दै काँग्रेस महासमिति सद्स्य कुवरले बस सेवा सञ्चालन भएपछी गाउँपालिका बासिलाई सस्तो र सुलभ रुपमा यातायात सुविधा हुने भन्दै यात्रुको सुरक्षा र नियमितता हुनुपर्नेमा जोड दिनुभयो । उहाले स्थानियले बस बाट अब जति सक्दो फाइदा लिनु पर्ने बताउनु भयो ।

गाउँमा बस पुर्याउन फराकिलो बाटो चाहिने भएपछि ४५ लाखको लागतमा घोडासैनदेखि ढकारीको बाचकोट सम्मको करिब ७ किलोमिटर सडक पुननिर्माण गरिएको ईन्जिनियर गगनजंग शाहीले बताउनुभयो । उहाँका अनुसार खोला र मोडहरुमा ठुला गाडीलाई आवश्यक पर्ने स्पेस बनाइएको छ ।

गाउपालिकामा पहिलो पटक बस पुगेकोमा खुसी व्यक्त गर्दै ढकारी गाँउपालिकाका अध्यक्ष धन बहादुर बुढाले नियमित रुपमा बस सेवा संचालन हुने बताउनुभयो ।

गाउपालिकाका नागरिकहरुलाई यातायात सेवा सहज रुपमा प्रदान गर्न दैनिक रुपमा बस संचालन हुने उल्लेख गर्दै उहाले बस सेवा संचालनले गाउँपालिकाको आर्थिक समृदिमा टेवा पुग्ने अपेक्षा समेत गर्नु भयो ।

२१ हजार ५६२ जनसंख्या रहेको ढकारी गाउँपालिकाका स्थानीयहरु तराई झर्नका लागि दैलेखको टुनिबगर, सुर्खेतको गुठु र जिल्ला सदरमुकाम मंगलसेन पुगेर बस चढ्ने गरेका छन् ।

२ सय २७ दशमलव ८८ वर्ग किलोमिटरमा फैलिएको ढकारीका आठ वटा वडाका स्थानीयहरु गाउँमै बस चल्ने भएपछि खुसी भएका छन् ।

यो भन्दा पहिले अछामको मेल्लेख गाउपालिका र चौरपाटी गाउपालिका मा बस सेवाको उदघाटन गरिएको छ। ढकारी गाउपालिका मेल्लेख र चौरपाटी गाउपालिका दुर्गम मानिन छ। यहाँका स्थानीयहरु अन्यत्र जानका लागि अहिले पनि मंगलसेन र कमलबजार पुगेर बस चढ्नु पर्ने बाध्यता हटेको छ । बस स्थानीय तहमा पुगेपछी बाजागाजा सहित स्स्थानीयले स्वागत गरेका थिए ।

निकै विकट मानिने अन्य दुई स्थानीय तहहरु रामारोशन र तुर्माखाँद गाउँपालिकामा पनि बस पुग्न बाँकी छ ।