जनपथद्धारा झण्डै २ लाख बराबरको कपडा बरामद

0
Shares

भद्रपुर ।
अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको एकलाख नब्बे हजार मूल्य बराबरको कपडा वडा प्रहरी कार्यालय भद्रपुरले बरामद गरेको छ ।

भद्रपुर ५ मेची किनारबाट आइतबार विहान १० बजे भित्र्याइएको चारपोका लत्ताकपडा वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर यमकुमार श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

भारतबाट तस्करीको माध्यमबाट नेपाल भित्रइएको सर्ट ,जुत्ता चप्पल जिन्स ज्याकेट लगायतका सामान रहेको वडाका इन्सपेक्टर श्रेष्ठले जानकारी दिए । बरामद सामग्रीलाइ आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार बुझाइएको उनले जनाए ।

केहीदिन अघि वडाले करिब ५ लाख मूल्य बराबरको कपडा भद्रपुरबाट बरामद गरिसकेको छ । दुइहप्ता अघि भद्रपुर वडा प्रहरी कार्यालय आएका श्रेष्ठले धमाधम तस्करीका सामान बरामद गर्दै आइरहेका छन् ।