बलिउड गीतको भिडियोमा सृष्टि

0
Shares

मोडल सृष्टि खड्काले अभिनय गरेको हिन्दी गीत कुछ तो हेको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भिडियोमा उनलाई समिम खानले साथ दिएका छन्।

सृष्टिले थुप्रै नेपाली म्युजिक भिडियोमा अभिनय र मोडलिङ गरिसकेकी छिन्। हिन्दी गीतमाथिको म्युजिक भिडियो भने यो उनको पहिलो हो। गीत बलिउडकी चर्चित गायिका ज्योतिका तन्गरी र यसर देसैले गएका छन्। ज्योतिकाले बलिउडमा पल्लो लटकेलगायतका हिट गीत दिसकेकी छिन् भने यसरले बलिउडका थुप्रै अभिनेताका लागि फिल्ममा गीत गाइसकेका छन्। गीत जी म्युजिक कम्पनिले बजारमा ल्याएको हो। गीतमा अजय जैसवालको संगीत र राशी महेस्वारीको शब्द रहेको छ।

गीतको भिडियोमा स्वप्निल जैसवालको निर्देशन, पवन गौतमको छायांकन, कृष्ण रसलको कोरियोग्राफी र हैदिकसिंह रानाको सम्पादन रहेको छ।