नागरिक समाजले विद्यालय अनुगमन गर्ने

0
Shares

विमल बिष्ट, डोटी ।
डोटीको केआईसिंह गाउँपालिकाकाको वडानं. ५ मा रहेको नागरिक समाजले आफ्नो वडामा भएका विद्यालयहरुमा अनुगमन गर्ने भएको छ । वडा कार्यालयमा आयोजना गरिएको स्थानीय सभाको बैठकले गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि विद्यालय अनुगमन गर्ने भएको हो ।

अनुगमनका लागि पाँच सदस्यीय समिति समेत बनाएको सो वडाका वडाअध्यक्ष रामचन्द्र राणाले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमन समितिको संयोजकमा दुर्गासिंह रावल र सदस्यहरुमा वडा सदस्य ममता सार्की, चेतबहादुर रावल, स्वास्थ्य शाखाका उप प्रमुख विश्वेश्वर यादव र गणेश शाही रहनुभएको छ । स्थानीय सभाको बैठकमा सामुदायिक विद्यालयहरुमा अंगे्रजी माध्यमबाट अध्यापन गराउने, निशुल्क शिक्षा दिनुपर्ने र शिक्षकहरुलाई जवाफदेही बनाउनुपर्ने निनर्णय गरिएको छ ।

युएसएआईडीको सहयोगमा डोटी जिल्लामा एफएमडिसिले सन्चालन गरेको पारस्परिक जवाफदेहिता कार्यक्रम अन्र्तगत वडान. ५ मा वडा अध्यक्ष, विषयगत शाखाका प्रतिनिधि, शिक्षक, संघसंस्थाका प्रतिनिधिहरुको सहभागीतामा स्थानीय सभा गठन गरिएको थियो । स्थानीय सभाले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, कृषि, विपद् सम्बन्धी विषयहरुमा सवालको पहिचान गर्ने र स्थानीय स्तरमा समाधानका लागि पैरवी गर्ने एफएमडिसिका जिल्ला संयोजक मोहन शाहीले जानकारी दिनुभयो ।

उक्त स्थानीय सभाको बैठकमा एफएचआई ३६० का भोला भट्टराई, इक्वेल एक्सेसका बिशाल रानामगर, लक्ष्मी श्रेष्ठ, एनएनएसडब्लुएका देबराज बडुलगायतले सहभागीता रहेको थियो ।