योजना स्थलमा अनिवार्य सूचना बोर्ड हुनुपर्ने

0
Shares

डोटी, (नेस)
डोटीको दिपायल सिलगढी नगरपालिकाले नगरपालिकाले निमार्ण गरेका योजना स्थलमा अनिवार्य सूचना बोर्ड राख्नु पर्ने निर्णय गरेको छ । नगरपालिकाले निमार्ण गरेका साना ठुला सबै योजनामा योजना बारेको संक्षिप्त जानकारी र रकम सहितको सूचना बोर्ड अनिर्वाय राख्नु पर्ने नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो ।

आर्थिक बर्ष ०७५÷०७६ देखी निमार्ण कार्य सुरु भएका सबै योजनामा सूचना बोर्ड राख्ने ब्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । नेपाल सरकारको नियम अनुसार ५ लाख भन्दा माथीको योजनामा बाध्यकारी रुपमै सूचना र्बोड राख्नु पर्ने व्यास्था उल्लेख छ ।

योजनाको प्रभाबकारीता, पार्दर्शिता बढ्ने भएकाले पनि सूचना वोर्ड अनिर्वाय लागु गरिएको नगरपालिकाका कार्यकारी अधिकृत भोजराज शर्माले बताउनु भयो । योजना स्थलमा टाँसिएको सूचना बोर्डमा योजनाको बारेमा सुरुवात देखी सम्पन्न मिति समेत उल्लेख गरिएको हुन्छ । डोटीमा नगरपालिकाको बजेट बाट निर्माण हुन थालेका सबै योजनाहरुमा धमाधम सूचना वोर्डहरु राख्ने काम भइरहेको बताइएको छ ।