मैलुङ–स्याफुबेंसी सडकको स्तरोन्नति शुरु

0
Shares

शालिकराम चालिसे, नुवाकोट
नुवाकोट/रााष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गल्छी—त्रिशुली मैलुङ स्याफ्रवेशी रसुवागढी सडक आयोजनाको काम अन्र्तगत मैलुङ—स्याफ्रवेशी सडकको स्तरोन्नती शुरु भएको छ भने धादिङको गल्छीदेखि नुवाकोटको विदुर नगरपालिका वडा नं ५ गगटेसम्मको सद्धक आगामी चैतसम्ममा कालोपत्रे गरिने भएको छ ।

यही रफ्तारमा काम अगाडी मैलुङ—स्याफ्रवेशी सडक स्तरोन्नती माघ अन्ति सातासम्ममा हुने आयोजनाले दाबी गरेका छ । त्यस्तै आयोजनाको ठेकेदार कम्पनि तुन्दी कन्स्ट्रकसन प्रालिले गल्छी देविघाट गगटे सडकमा ग्रेड मिलाउने र सववेसको काम तीव्र गतिमा गरिरहेको जनाएको छ । अहिले उत्त खण्डको केही भागमा बाँकी नाली काट्ने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ । नेपाल चीन जोड्ने छाटो दुरीको रुपमा रहेको प्रवेशको एकमात्र नाका मैलुङ—स्याफ्र सडकको स्तरोन्नतीको काम गतहप्ताबाट शुरु भएको थियो ।

मैलुङ—स्याफ्रवेशी सडकखण्डमा गएको पहिरो पन्छाउने काम शुरु भएको गल्छी—त्रिशुली—मैलुङ—स्याफ्रवेशी—रसुवागढी सडक आयोजनाका प्रमुख सुवोध कुमार देवकोटाले जानकारी दिएका छन । सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गर्नुपरेकोले स्तारोन्नतिमा ढिलाई भएको देवकोटाको भनाई छ । “हामीले कार्तिकबाट नै काम गर्ने योजना बनाएका थियौ तर असारमा पहिरोले सडकमा थप क्षतिगरेपछि शंसोधन गर्नुपर्यो” उनले भने । शंसोधनपछि काम शुरु भएको आयोजना प्रमुख देवकोटाको भनाई छ ।

गल्छीदेखि गगटेसम्म चैतभित्रमा कालोपत्रे गरिने

सडकको अहिले दुबैतर्फबाट पहिरो पन्छाउने काम जारी छ । बढीमा ३ हप्ताभित्र यातायात संचालनमा ल्याउने तयारी समेत आयोजनाले गरेका छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा गतहप्ता बसेको बैठकले ६ महिनादेखि अवरुद्ध रहेको सडक खुलाउन निर्देशन दिएको थियो ।

नेपाल र चीनबिच हुदै आएको व्यापारीक कारोबारलाई सहज बनाउन निर्माण गरिएको सडक खुलाउने कार्य नभएपछि नेपाल कम्युनिष्ट पार्टी रसुवाका अध्यक्ष कर्णेल लामा, पुर्व सानंसद जनार्दन ढकालसहितको टोली गतहप्ता मन्त्रालय पुगेको थियो । नेपाली सेनाले ट्रयाक खोलेर गत वर्ष जेठ ६ गते हस्तान्त्ररण गरेको भएपनि लामो समयसम्म स्तारोन्नतिको काम नगर्दा समस्या भएको रसुवाका पुर्व सांसद ढकालले बताए । रााष्ट्रिय आयोजना आयोगको मध्यकालिन खर्च संरचना (०७५÷०७६÷०७७÷०७८) मा उल्लेख भएअनुसार आर्थिक वर्ष ०६१÷६२ देखि निर्माण शुरु भएको गल्छी—त्रिशुली मैलुङ स्याफ्रवेशी रसुवागढी सडक आयोजना ०७५÷०७६ भित्र निर्माण तथा स्तरोन्नति हुनुपर्ने उल्लेख छ ।

यो सडक बेत्रावति—कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर कम रहेको छ । बेत्रावति—कालिकास्थान—धुन्चे हुँदै स्याफ्रु पुग्न ९४ किलोमिटर रहेको छ । त्यस्तै बेत्रावति—मैलुङ—स्याफ्रवेशीको दुरी २९ किलोमिटर रहेको छ । पासाङल्हामु राजमार्ग अन्र्तगत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्नै भएपनि यो सडकमा घुम्ती भने छैन ।
यसैबिच राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजना अन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावितहरुको समुह सडक प्रभावित सरोकार समितिले आफुहरुलाई आयोजनाले मुआब्जा नदिएको भन्दै आइतबार नुवाकोट बन्दको आह्वान गरेका छन ।