दार्चुला, (नेस)
दार्चुलाको ब्याँस र अपिहिमाल गाउँपालिकाका ३ सय २५ जना जेष्ठ नागरिकलाई न्यानो लुगा र कम्बल वितरण गरिएको छ । नेपाल रेडक्रस सोइसाइटी केन्द्रीय कार्यालय काठमाण्डौबाट हिमाली जिल्लाका जेष्ठ नागरिकलाई वितरण गर्ने भनि नेपाल रेडक्रस सोसाइटी दार्चुलालाई प्राप्त भएका ४ सय कम्बल मध्ये ३ सय २५ कम्बल वितरण गरिएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दार्चुलाका प्रमुख राजकुमार घिमिरेले जानकारी दिए ।
हिमाली जिल्लाका जेष्ठ नागरिक, असक्त, असाहय, अपाङ्गता भएका व्यक्तिलाई न्यानो लुगा र कम्बल वितरण गर्ने जिल्ला विपद व्यवस्थापन समितिले गरेको निर्णयका आधारमा उक्त कम्बल वितरण गरिएको उनले जानकारी दिए । जिल्लाको ब्याँस गाउँपालिका २ सय ५० जना जेष्ठ नागरिक तथा अपिहिमाल गाउँपालिकाका ७५ जना जेष्ठ नागरिक गरी ३ सय २५ जनालाई कम्बल वितरण गरिएको उहाले बताउनु भयो ।
दार्चुला जिल्ला हिमाली जिल्लामा पर्ने भए पनि जिल्लाको ब्याँस र अपिहिमाल गाउँपालिका अन्य गाउँपालिका नगरपालिकाको हकमा बढी चिसो हुने गर्दछ । अपिहिमाल गाउँपालिकाका ३० जना महिला र ४५ जना पुरुष तथा ब्याँस गाउँपालिकाका १ सय जना महिला र १ सय ५० जना पुरुषलाई कम्बल वितरण गरिएको उनले बताए ।











प्रतिक्रिया