मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा अध्यक्ष कप प्रतियोगिता शुरु भएको छ । एन प्याब्सन बेलडाँडी युनिटको आयोजना र बेलडाँडी गाँउपालिकाको विशेष सहयोगमा शनिबारदेखि प्रतियोगिता शुरु भएको हो ।
गाँउपालिका भित्र रहेका आधारभुत विद्यालय र विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि खेल पनि अति आवश्यक भएको हुनाले अध्यक्ष कप प्रतियोगिता आयोजना गरिएको एन प्याब्सन बेलडाँडीका युनिटका संयोजक गोरख बहादुर चन्दले बताए ।
दक्षिणी क्षेत्रका विद्यालयहरुमा खेलको पहुँचलाई अझै स्थापित गर्नका लागि उक्त प्रतियोगिताको आवश्कता रहेको बेलडाँडी गाँउपालिकाका सदस्य शंकर भट्टले बताए ।
कार्यक्रमको सभापतिमा एन–प्याब्सन बेलडाँडी युनिटका संयोजक गोरख बहादुर चन्द रहेका थिए भने कार्यक्रमकोे प्रमुख अतिथि गाँउपालिकाका अध्यक्ष धन बहादुर थापा रहेका थिए । प्रतियोगितामा आठ विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले सहभागिता जनाएका छन ।











प्रतिक्रिया