धनवीर दाहाल, रुकुम ।
दश बर्षे शसस्त्र युद्धको उद्गम थलोको रुपमा परिचित रुकुममा धेरै मानिसले ज्यान गुमाए । युद्धकै कारण धेरै महिलाहरुले आफ्नो श्रीमान गुमाएर एकल जिवन बिताइरहेका छन् ।
द्धन्द्धका कारण एकल भएका र अन्यका कारणले एकल भएका महिलाहरु यतिबेला संगठित रुपमा राज्यलाई घचघच्याउन थालेका छन् । एकल महिलाको समस्यालाई राज्यले उपेक्षा गरेको भन्दै आफुहरुलाई क्षमता अनुसारको आधारभुत सिप एवं रोजगारको व्यवस्था गर्नु पर्ने माग एकल महिलाको छ ।
एकल महिला जिल्ला संजालकी उपाध्यक्ष सिता पुनले सके रोजगार दिनुपर्ने नसके रोजगारका लागी आबश्यक सिप दिनुपर्ने बताउनुभयो । “हामीलाई राज्यले उपेक्षा गरेको छ” उहाँले भन्नुभयो “ स्थानीय सरकारले पनि त्यस्तो खालको ठोस कार्यक्रम ल्याएको छैन ।” एकल महिला जिल्ला संजालकी सचिव एवं त्रिबेणी गाँउपालिका उपाध्यक्ष निर्मला बिष्टले स्थानीय तहमा आफ्नो पहुँच स्थापना गर्न केही हद सम्म पनि सफल भएको बताउनुभयो । उहाँले अझै एकल महिलाले स्थान पाउनुपर्नेमा जोड दिनुभयो ।
एकल महिला संजालको नाम दिएर बैधानिक रुपमा उनीहरु आफ्ना अधिकारबारे आवाज उठाउन थालेका छन् । स्थानीय, प्रदेश र संघिय सरकार गठन भएको लामो समय बिति सक्दा पनि एकल महिलाको लागी कुनै ठोस कार्यक्रम नआएको दुखेसो एकल महिला कमला खड्काको भनाई छ । यता कर्णाली प्रदेश सभा सदस्य देवी ओलीले एकल महिलाको समस्या बारे बिगतका दिनमा पनि काम गरिएको र अवका दिनमा पनि पुर्ण रुपमा लाग्ने प्रतिबद्धता जनाउनुभयो । “बिगतका दिनमा पनि हामी सँगसँगै थियौं ।
अब पनि कुन ठाँउमा के गर्नुपर्छ भन्नुस हामी तयार छौं । तर तपाईहरुले भन्नुपर्छ । आफ्ना समस्याबारे नबताएसम्म थाहा हुँदैन ” उहाँले भन्नुभयो । संगठित रुपमा आफ्ना मागहरुबारे सरकारलाई बारम्बार ध्यानआर्कषण गराएको भएपनि सुनुवाई नभएको एकल महिला जिल्ला संजाल रुकुमकी अध्यक्ष बिष्णु देवकोटाको दुखेसो छ ।
विशेष गरी स्थानीय तहहरुले एकल महिलालाई व्यवसायिक बनाउनका लागी बिभिन्न सिपमुलक कार्यक्रममा सहभागी बनाउनुपर्नेमा सरोकारवालाको दिएका छन् । शनिबार रुकुम पश्चिमको मुसिकोटमा एकल महिला जिल्ला संजालको दोस्रो अधिबेशन तथा सरोकारवालाबिच अन्र्तक्रिया गरिएको छ ।











प्रतिक्रिया