मैलुङ—स्याफ्रवेशी सडकको स्तरोन्नति शुरु

0
Shares

शालिकराम चालिसे, नुवाकोट ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गल्छी—त्रिशुली मैलुङ स्याफ्रवेशी रसुवागढी सडक आयोजनाको काम अन्र्तगत मैलुङ—स्याफ्रवेशी सडकको स्तरोन्नती शुरु भएको छ भने धादिङको गल्छीदेखि नुवाकोटको विदुर नगरपालिका वडा नं ५ गगटेसम्मको सद्धक आगामी चैतसम्ममा कालोपत्रे गरिने भएको छ ।

यही रफ्तारमा काम अगाडी मैलुङ—स्याफ्रवेशी सडक स्तरोन्नती माघ अन्ति सातासम्ममा हुने आयोजनाले दाबी गरेका छ । त्यस्तै आयोजनाको ठेकेदार कम्पनि तुन्दी कन्स्ट्रकसन प्रालिले गल्छी देविघाट गगटे सडकमा ग्रेड मिलाउने र सववेसको काम तीव्र गतिमा गरिरहेको जनाएको छ । अहिले उत्त खण्डको केही भागमा बाँकी नाली काट्ने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ ।

नेपाल चीन जोड्ने छाटो दुरीको रुपमा रहेको प्रवेशको एकमात्र नाका मैलुङ—स्याफ्र सडकको स्तरोन्नतीको काम गतहप्ताबाट शुरु भएको थियो ।

मैलुङ—स्याफ्रवेशी सडकखण्डमा गएको पहिरो पन्छाउने काम शुरु भएको गल्छी—त्रिशुली—मैलुङ—स्याफ्रवेशी—रसुवागढी सडक आयोजनाका प्रमुख सुवोध कुमार देवकोटाले जानकारी दिएका छन । सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गर्नुपरेकोले स्तारोन्नतिमा ढिलाई भएको देवकोटाको भनाई छ ।

“हामीले कार्तिकबाट नै काम गर्ने योजना बनाएका थियौ तर असारमा पहिरोले सडकमा थप क्षतिगरेपछि शंसोधन गर्नुपर्यो” उनले भने । शंसोधनपछि काम शुरु भएको आयोजना प्रमुख देवकोटाको भनाई छ । सडकको अहिले दुबैतर्फबाट पहिरो पन्छाउने काम जारी छ । बढीमा ३ हप्ताभित्र यातायात संचालनमा ल्याउने तयारी समेत आयोजनाले गरेका छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा गतहप्ता बसेको बैठकले ६ महिनादेखि अवरुद्ध रहेको सडक खुलाउन निर्देशन दिएको थियो ।

नेपाल र चीनबिच हुदै आएको व्यापारीक कारोबारलाई सहज बनाउन निर्माण गरिएको सडक खुलाउने कार्य नभएपछि नेपाल कम्युनिष्ट पार्टी रसुवाका अध्यक्ष कर्णेल लामा, पुर्व सानंसद जनार्दन ढकालसहितको टोली गतहप्ता मन्त्रालय पुगेको थियो । नेपाली सेनाले ट्रयाक खोलेर गत वर्ष जेठ ६ गते हस्तान्त्ररण गरेको भएपनि लामो समयसम्म स्तारोन्नतिको काम नगर्दा समस्या भएको रसुवाका पुर्व सांसद ढकालले बताए ।

रााष्ट्रिय आयोजना आयोगको मध्यकालिन खर्च संरचना (०७५/०७६/०७७/०७८) मा उल्लेख भएअनुसार आर्थिक वर्ष ०६१÷६२ देखि निर्माण शुरु भएको गल्छी—त्रिशुली मैलुङ स्याफ्रवेशी रसुवागढी सडक आयोजना ०७५/०७६ भित्र निर्माण तथा स्तरोन्नति हुनुपर्ने उल्लेख छ । यो सडक बेत्रावति—कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर कम रहेको छ । बेत्रावति—कालिकास्थान—धुन्चे हुँदै स्याफ्रु पुग्न ९४ किलोमिटर रहेको छ । त्यस्तै बेत्रावति—मैलुङ—स्याफ्रवेशीको दुरी २९ किलोमिटर रहेको छ । पासाङल्हामु राजमार्ग अन्र्तगत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्नै भएपनि यो सडकमा घुम्ती भने छैन ।

काठमाण्डौदेखि गल्छी ४४ किलोमिटर, गल्छीदेखि बट्टार २२ किलोमिटर, बट्टारदेखि वेत्रावति ११ किलोमिटर र मैलुङदेखि स्याफ्र १६ पकलोमिटर दुरीमा रहेको छ । बेत्रावतिदेखि धुन्चे हुँदै स्याफ्रवेशी सडकमा उकालो ओरालो हुँदै ३५ वटा घुम्ती पार गर्नुपर्नै भएपनि मैलुङबाट भने कुनै घुम्ती पार गर्नु पर्दैन । मैलुङ—स्याफ्रवेशीको सडकको विकल्पमा बेत्रावति—धुन्चे—स्याफ्रुवेशी सडक प्रयोग गर्न मिल्ने आयोजनाको दाबी छ । वि.स २०४२ देखि पासाङल्हामु राजमार्ग अन्र्तगत बेत्रावति—धुन्चे सडक संचालन हुँदै आइरहेको छ ।

आइतबार नुवाकोट बन्द
यसैबिच राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजना अन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावितहरुको समुह सडक प्रभावित सरोकार समितिले आफुहरुलाई आयोजनाले मुअब्जा नदिएको भन्दै आइतबार नुवाकोट बन्दको आह्वान गरेका छन ।

समितिले आइतबार हुने नुवाकोट बन्दलाई सफल बनाउन सबैलाई आह्वान समेत गरेका छ । समितिका संयोजक लिलानाथ न्यौपानेले शनिबार सामाजिक संजाल फेसबुकमार्फत बन्दको समयमा सबै सरकारी, निजी तथा विद्यालय , यातायात, सरकारी कार्यलय, र सबै कार्यलय र पसल बन्द गरेर सहयोग गर्न सबैलाई आह्वान गरेका हुन ।

समितिको बन्दलाई यसअघि एकेवद्धता जनाउँदै एकिकृत रााष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादीका) केन्द्रिय अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले आफ्नो व्यक्तिगत सम्पति सरकारले कुनैपनि हालतमा लिन नसक्ने भन्दै जसरी पनि पिडितहरुले मुअब्जा पाउनुपर्ने बताइसकेका छन ।

तर आयोजनले भने विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने बताएको छ ।