बार्सिलोना अन्तिम आठमा


लन्डन, (एजेन्सी)
साविक विजेता बार्सिलोना स्पेनिस कोपा डेल रेको अन्तिम ८ मा प्रवेश गरेको छ।

पहिलो लेगमा पराजित भएको बार्सिलोनाले दोस्रो लेगमा लेभान्टेलाई ३–० ले पराजित गर्दै समग्रमा ४–२ को जित हात पारेको हो। पहिलो लेगमा बार्सिलोना २–१ ले पराजित भएको थियो।

दोस्रो लेगमा बार्सिलोनालाई जित दिलाउन ओस्माने डेम्बेलेले दुई तथा कप्तान लियोनल मेसीले एक–एक गोल गरेका थिए। घरेलु मैदान क्याम्प नोउमा डेम्बेलेले खेलको ३०औँ र ३१औँ मिनेटमा गोल गरेका थिए भने मेसीले ५४औँ मिनेटमा तेस्रो गोल थपेका थिए।