नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पाटन दरबार क्षेत्रमा भएका पुनर्निर्माणका कार्यहरुको अवलोकन गर्नुभएको छ ।
प्रधानमन्त्री ओली बुधबार दिउँसो १ बजे उक्त क्षेत्रको अवलोकन गर्नुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले ललितपुरमा रहेका स्मारकको पुनःनिर्माण सन्तोषजनक रुपमा अघि बढेको बताए । सरकारले धार्मिक र सांस्कृतिक क्षेत्रको पुनःनिर्माणलाई प्राथमिकता दिइरहेको बताउँदै काठमाडौँ उपत्यकाका अघि बढ्न नसकेका स्मारकको पुनःनिर्माण चाँडो शुरु गर्ने उनले प्रतिबद्धता जनाए ।
तस्वीरः उजोल डंगोल














प्रतिक्रिया