डोटीको शिर निहुरीने खालका कुनै कदम चालिने छैनः मन्त्री शाह

0
Shares

विमल बिष्ट, डोटी ।
सुदूरपश्चिम प्रदेशका मानुन तथा न्याय मन्त्री प्रकाश शाहले डोटीको शिर निहुँरीने खालका कुनैपनि काम नगर्ने बताउनु भएको छ । डोटी चेम्वर अफ कर्मसले दिपायलमा आज बुधबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री शाहले डोटीको दिपायल पुरानो क्षेत्रीय सदरमुकाम भएको र यहाँ बिभिन्न किसिमका संस्कृर्ति, रितिरिवाज तथा पर्यटन क्षेत्र भएकाले प्रदशे सरकारले डोटीलाई हानी हुने कुनैपनि खालका काम नगर्ने बताउनुभएको हो ।

स्वागत कार्यक्रममा बोल्नुहुँदै मन्त्री शाहले भन्नुभयो, ‘दिपायलमा रहेका क्षेत्रीय स्तरका कार्यालयहरुमा हामी अन्य कुनै नयाँ कार्यालय ल्याउने तयारीमा छौ,राजधानी कैलाली सरेर डोटीलाई घाटा भयो भन्ने नसोच्नु होला ।’

त्यस्तै मन्त्री शाहले सुदूरपश्चि प्रदेशको पहाँडी केन्द्र बिन्दु दिपायल भएकाले यहाँको बिकास तथा स्तरोउन्नतीका लागि प्रदेश सरकार सधै लागिपर्ने प्रतिबद्धता समेत जनाउनु भयो । उहाँले थप भन्नुभयो, ‘भु स्वर्गका रुपले चिनिने खप्तड, अछामको रामारोसन, डडेल्धुराको अजयमेरु लगायतका बिभिन्न पर्यटकिए क्षेत्रको बिकास र बिस्तारका लागि प्रदेश सरकारले योजना बनाउदै छ, न आत्तिनोस ।’

उक्त स्वागत कार्यक्रममा डोटीका स्थानियले दिपायलमा राजधानी नहुँदा व्यापार व्यवसायमा समस्या भएको र तराई तिर बसाई सराई गर्नेको लर्को लागिरहेको गुनासो मन्त्री समक्ष पोखेका थिए ।

उक्त कार्यक्रममा प्रदेश पर्यटनमन्त्री माया भट्टको समेत सहभागिता रहेको थियो । डोटी चेम्वर अफ कर्मसका अध्यक्ष केबी साउँद सहितका पदाधिकारीहरुको टोलीले मन्त्रीहरुलाई फुलमाला तथा खादाले स्वागत गरेका गिए ।