सवारी दुर्घटनामा ३ जनाको मृत्यु

0
Shares

काठमाडौं ।
मोरङ, झापा र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
मोरङ केराबारी नगरपालिका(८ केराबारी चोकस्थित सडकमा को।२ च १९३५ नम्बरको पिकअप भ्यानले मंगलबार दिउसो ठक्कर दिँदा सोही नगरपालिका बस्ने होमबहादुर भण्डारीको ८ वर्षीय छोरा समिर भण्डारीको घटनास्थलमै मृत्यु भएको छ । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा मेचीनगर नगरपालिका(७ पालिया पुलस्थित सडकमा ना ३ ख ४३९३ नम्बरको ट्याङकरले मंगलबार राति ठक्कर दिँदा सोही नगरपालिका बस्ने भारत घर भएका ४५ वर्षीय डेनीजोन शर्माको घटनास्थलमै मृत्यु भएको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ लमही नगरपालिका ६ देउपुरस्थित सडकमा रा २ प १५४३ नम्बरकाे मोटरसाइकल आफैं नियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका(५ कक्षपती रोड बस्ने २७ वर्षीय नारायण खनालको लमही अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका फल्कापुर बस्ने २७ वर्षीय नारायण पौडेलको सोही अस्पतलमा उपचार भइरेहको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।