काठमाडौं ।
बाँके र रुपन्देहीबाट अवैध लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके जानकी गाउँपालिका(१ बढैयाबाट खजुरा गाउँपालिका(५ बस्ने ३२ वर्षीय लुले खाँलाई अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम ७ सय मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी साईगाँउबाट खटिएको प्रहरीले खाँलाई शंका लागि जाँच गर्दा गक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
रुपन्देही बुटवल उपमहानगरपालिका(१ ईट्टाभट्टीस्थित सोही उपमहानगरपालिका १३ मझुवा बस्ने २५ वर्षीय शिव मल्ल र सोही उपमहानगरपालिका(१३ सुन्दरनगर बस्ने २७ वर्षीया विनी थापालाई अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम २ सय ७० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया