अछाममा ५ बर्षिया बालिका बलात्कृत

0
Shares

अछाम ।
अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा न ३ का एक वालिका वलाकृत भएकी छन । साँफेबगर नगरपालिका वडा नं.३ बस्ने ५ बर्षिया बालिकालाई पुस २८ गते कैलालीको कैलारी गाँउपालिका वडा नं ४ का ३५ बर्षिया सोम बहादुर बस्नेतले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

बालिकाको घरमै डेरा गरी बसेर लेवर काम गर्दै आएका उनले दिउसो २ वजे घरमा कोही नभएको समयमा बालिकालाई बलात्कार गरेको बताइएको छ । पुस २९ गते बेलुका ८ बजे बलात्कार गरेको सुचना पाएपछि प्रहरीले बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पीडकलाई करणी सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालत अछामबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक जनक बहादुर शाहीले जानकारी दिनु भयो ।