प्रविधिको रुपान्तरणसँगै अब फोटो बुक

0
Shares

दिनेशराज अर्याल
सीईओ -फोटो कन्सर्न प्रालि
२०४५/४६ सालको जन आन्दोलनले त्रिचन्द्र क्याम्पसमा पढदै गरेको आइ.एसी. पढाई ढिलाहुदा सहयत्रीहरु बिदेश जान थाल्दा र तिनीहरुले बिदेश जान उक्साउदा पनि बिदेश मोह नआएर देशमै केही र छुटै केह गर्ने अठोटका साथ देशमै रहेका उनी बि.एसी. को पढाईसकेर रहरै रहरमा फोटो व्यबसायमा लागे । सुरुमा प्रबिधीकको रुपमा व्यवसायमा छिरेका उनी २०५५/५६ मा देशकै प्रतिष्ठीत कोडक कम्पनीको आधिकारीक विक्रेता फोटो कन्र्सनमा प्रबेश पाउदा औधी खुसी भए । सरुमै २२ दिन लगाएर देश दौडाहामा निस्कीए र देश भएको फोटो ब्यबसायको अबस्था बझ्दै मस्तीस्कमा एउटा चित्र कोरी हाले । यही क्षेत्रमा केही विशेष र फरक गर्ने ।

सन् २००० बाट तालीमको लागी थाइलैण्ड जान थालेका उनले १० भन्दा बढी तालीम सिंगापुरबाट लिए । नेपालमै पहिले डिजीटल प्रविधी भित्र्यायदा उनी आफै पहिलो देशकै डिजिटल इन्जीनिएरको रुपमा थिए । समय बढ्दै जादा उनलाई पढ्ने इच्छा जाग्यो र फस्ट व्याजको रुपमा इ.एम.वीए. पढे र फोटो कन्र्सनमै सेल्स मेनेजर बन्न पुगे ।

उनको समयमा देशभर व्यापार प्रबर्दन भयो, बजार कोडाकनै कोडाक भयो । झनै हैसिएर उनी यसै प्रविधीमा पीएचडी गर्न तम्सीए र हाल यसै प्रविधीको असरको बारेमा विधावारीधी गर्दैछन् । आफुले सिकेको ज्ञान बाड्न यिनले १० बर्ष त विहान व्यबस्थापन, मानव संसाधन तथा बिज्ञान विषयमा सहरका प्रतिष्ठीत कलेजहरुमा अध्यापन सरु गरे । हाल प्रतिष्ठीत कलेजका मालिक समेत रहेका उनी अध्यायन र अध्यापन छोड्न नसक्ने बिधा बताउछन् ।

समय र प्रबिधीमा आउने र आएका परिवर्तनमा राम्रो हेक्का राख्दै यिनले भबिष्यमा हुनसक्ने परिवर्तन बुझ्न २००८ बाट यिनका बिभिन्न सहरको सयर गर्न थाले । फलत समयमै नया प्रविधी भित्र्याउन सफल भए ।

ऋाज यिनको चीन जाने आउने क्रम हवात्तै बढेको छ । चीनबाट कोही ठूला कम्पनीको आधिकारीक बिक्रेता बन्न सफल भए । आज उधोगमा ८०५ भन्दा माथीको हिस्सा यिनकै कम्पनीहरुको छ । फोटो ग्राफीमा आउन सक्ने रुपान्तरणलाई पहिले नै बुझी यिनले विभिन्न बस्तुहरुमा प्रिन्ट गर्न सक्ने प्रविधी भित्र्याए ।

यिनको पछिल्लो दिल चस्पी फोटो बुकमा परेपछी भारत गएर मेसीन चलेको देखी आई जापनबाट सोझै कोनिका मिन्वल्टाको लेटेस्ट मोडल लेराएर देशमै पहिलो फोटो बुक बनाउने संस्था बनाए ।

यतिकैमा चित्त नबुझेर यिनले देशमै पहिलो फोटो फ्रेमको उधोग खोल्ने सपना बुन्न थाले । २/४ पटकको चीन भ्रमणमा बिभिन्न फ्याक्ट्ी भिजिट गर्दै काम गर्ने निधोमा पुगे । आफ्ना २/४ व्यवसायीक साझेदारहरुसंग छलफल गरी उधोग स्थापना गर्ने निधोमा पुगे । हेटौडा औधोगिक क्षेत्रमा उधोग स्थापना पनि गरे । सुरुमा चीनबाटै प्रविधीक लेराएर २/३ महिना राखे पनि तर भाषागत कठिनाइले गर्दा सोचे जस्तो सफलता पाउन सकेनन् । हरेश खाएनन् र भारत तिर हान्नीए, भारतबाट भने जस्तो प्रविधीक लिएर उधोग चलाउन थाले ।

भन्सारमा हुने न्यून बिजकीकारणको सिकार बने, भन्सार विभाग, मन्त्रालय धाए । तर आश्वासन मात्रै । बिस्तारै उत्पादन गुणस्तर बढ्दै गयो , अन्य व्यावसायीले आयात गर्ने कम गर्दै गए र उनले दोस्रो उत्पादन प्लान्ट राख्नु पर्ने भयो हाल २४ सै घण्टा दुईवटा प्लान्टबाट उत्पादन गरीरहेका उनी अर्को उत्पादन प्लान्ट थप्ने तयारीमा छन् । आयात थोरै भएपनि घटेको र स्थानीयलाई रोजगारी दिन पाएकोमा खुसी छन् । देश भरी २०० जती व्यबसायी प्रत्यक्ष यिनको भर परेरै व्यबसाय सञ्चालनमा छन् भने अप्रत्यक्ष त कति छन् छन् ।

प्रत्यक्षरुपमा करीब देशभर १००० जति स्टुडीयो सञ्चालानमा रहेकाले यसले अप्रत्यक्ष आश्रीतको संख्या ठुलो रहेकोले पनि यो व्यबसायमा रहेर काम गरीरहने सोच छ उनको ।

यतीले चित नबुझेर यिनलाई फोटोग्राफीको कुनै एकेडेमी कोर्स हुनुपर्छ भन्दै सिटीभिटी धाउन थाले दुई बर्ष लगाएर सिटीभिटी को सहर्कायमा देशमै पहिलो पटक सरकार द्वारा मान्यता प्राप्त सेलेबस निर्माण गर्ने पहल गरे । हाल सिटीभिटीबाट लेबल वानको स्कील टेस्ट गराइसकेका यिनी अब देश भर रहेका फोटोग्राफरलाई आफ्नो सिप परिक्षण गराउन आग्रह गर्दै हिड्दैछन् ।

यसबाट देश भित्र तथा बैदेशीक रोजगारीमा जाने फोटोग्राफरले आफ्नो स्तर निर्धारण गरी प्रमाणीकरण गर्न पाउनेछन् । अव यिनी लेवल २/३ को सेलेबस निर्माण जुट्ने तयारीमा छन् । यस काममा यिनलाई स्टुडीयो एसोसियसन तथा केही व्यावसायीक फोटोग्राफरहरुले ठुलो सहयोग गरे ।

विभिन्न सामाजीक सेवामा सक्रीय यिनी हाल लायन्स कल्व इन्टरनेशनलको रिजन्ल चियरपर्सन रहेका छन् जसबाट यिती सामाजीक सेवामा पनि खटरछन । व्यावसाय र समाजको विच महत्वपुर्ण सम्बन्ध हुनुपर्छ भन्ने यिनी सामाजीक दायीत्वको निकै वकालत गर्दछन् ।

तल्लो तहबाट करिव १९ वर्ष अगाडि काम शुरु गरेको फोटो कन्सन प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रुपमा हाल कार्यरत छन् दिनेशराज अर्याल । उहाँले फोटो क्षेत्रमा नै २५ बर्ष देखि सक्रिय छु । २०५० सालमा विएसी सकाएर फोटो क्षेत्रमा प्रवेश गनू भएका अर्याल डिजिटल टेक्नोलोजीमा पिएचडी गरिरहनु भएको छ ।

नेपालको फोटोग्राफी क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका धारण राख्नु हुन्छ सिइओ अर्याल। सेवाग्राहीलाई फोटो सम्बन्धी सेवा सुविधा प्रदान गर्ने, विभिन्न प्रविधिहरु भित्राउँने, नयाँ नयाँ अध्ययन अनुसन्धान गर्ने पनि गरीरहको छ । समय अनुसार फोटो ग्राफीको प्रविधिमा परिवर्तन आएसँगै, एनालगबाट डिजिटलमा जाँदा पनि सन् २००० कोडाकबाट भित्राएको थियो कन्सनले ।

डिजिटल प्रविधिमा पनि कन्सनलेनै नेतृत्वदायी भूमिका निर्वाहा गरिरहेको बताउनु हुन्छ अर्याल ‘डिजिटल प्रविधिको डिष्टिव्यूटर्स लिएर मुलुकभर हामीले नै मेशिन वितरण गर्ने तथा त्यसका लागी आवश्यक सुविधा पनि हामीले नै प्रदान गर्दै आएका छौ ।’

पछिल्लो समय फोटो ग्राफीमा अर्को परिवर्तन आएको छ । अहिले मानिसहरु फोटो खिचेर धुलाई गर्ने भन्दा पनि मोवाईल फोटोको प्रयोग गर्न थालेका छन् । पोटे«ट खिच्न थालेका छन् । अनि त्यसलाई टिसर्ट, कपडा, मग र वाटर बोटलमा प्रिण्ट गर्न रुचाउँछन् ।

‘त्यसैले हामीले पनि के महसुश गयौ भने बाजेको पाला देखि नै हामीले जहिले पनि फोटो खिच्ने अनि धुलाउँने गर्न थालेका हौ । तर, अब मानिसलाई फोटो हेरी बस्ने समय छैन । पाहुना भएर जादा पनि मानिसहरु अब फोटो हेर्ने नभ्याउँने भयो । त्यसैले फोटो बुकको अवधारणा ल्याएको,’ अर्याल बताउनु हुन्छ ।

सन् २००८ म चीनमा विवाह प्रर्दशनीमा गएका सिइओ अर्यालले सो समयमा फोटो बुक देखनु भएको थियो । उहाँका अनुसार‘हामीले यहाँ ल्याएको १ देखि डेढ बर्ष भयो भने पछि १० बर्ष पछि त्यसलाई फोटो कन्सर्नले नेपाल भित्रायो । हामीले जापानिज कम्पनीको कोनिका मिनिल्टा भन्ने लेटेस्ट मोडल नेपालमा फोटो बुक बनाउँन भित्राएका छौ । ७१ एचसि सबैभन्दा आधुनिक र महंगो मेशिन हो । जसलाई हामीले प्रयोगमा ल्याएका छौ । यो अत्यन्तै गुणस्तरीय पनि छ ।’

काठमाडौका फोटोग्राफरहरुले फोटोबुक बनाउँन दिल्ली, बम्बई, लखनउ र कानपुर तिर पठाउँने लाई विस्तापित गरेको सिइओ अर्यालको भनाई छ । उहाँका अनुसार केही फोटा ग्रफ्ररहरुकै अनुरोधमा हामीले सो मेसिन भित्यान सकेको र देशभरै नै यो सुविधा दिएका छैं, जसका कारण व्यवसाय पनि विस्तार हुनमा सहयोग पुगेको छ।

‘म ५ बर्ष अगाडी चीन जाँदा त्यहाँ ठूलो ठूलो फोटो फ्रेम गरेको देखे प्रर्दशनीमा पोट्रेट फोटोलाई ठूलो ठूलो फ्रेम गरेको देखे । नेपालमा भर्खरै त्यसको चलन सुरु भएको थियो । अनि हामीले एक ट्रक फोटो फ्रेम मगायौ । बजारको माग कस्तो छ,भन्ने बुझदै नबुझी हामीले फ्रेम मगायौ । अन्तते त्यसलाई फाल्नु परयो दुखेसे गर्नु हुन्छ अर्याल ।

जानकारी नभैकन र बजारमा माग नै भएन । त्यति बेला काठको फ्रेम चल्थ्यो । हामीले डेकोरेटेड फ्रेम ल्याएका थियौ । त्यसपछि अब फ्रेमको बजार चल्दैन जस्तो लागेको थियो । तर, त्यसको अध्ययन सुरु गयौ । मैले दुई चार वटा फ्याट्री पनि भ्रमण गरे । प्रर्दशनीमा पनि गए । त्यसपछि केही हुन्छ कि जस्तो लाग्न थाल्यो । र म फेरी दिल्लीमा भएको एउटा प्रर्दशनीमा पुगे । दिल्लीको प्रर्दशनीमा फोटो फ्रेमको केही चर्चा चल्न थालेको पाए । त्यसपछि चाईना गएर एउटा मेशिन बुक गरेर हेटौडामा औद्योगिक क्षेत्रमा पोट्रेट इण्डष्ट्रिज सुरु गयो । जसलाई हामीले त्रिमूर्ति प्लाष्ट एण्ड प्रोडक्ट नाम दिएका छौ । अर्याल भन्नुहुन्छ,‘यो फोटो कन्सर्न अन्र्तगत नै पर्छ ।’

विगतमा विभिन्न प्राविधिकको समस्या भयो ।चीनीयाँ जनशक्तिमा नै निर्भर रहदा उद्योगले गतिलिन सकेन र भारतमा भएको जना एक्सपर्ट नेपाल आउँन तयार भए अर्याल भन्नु हुन्छ । सोही एक्सपर्ट नै दिल्लीबाट अन्य टिम बोलाए र काम सुरु गरिरहेको छ ।

२४ घण्टा नै २ वटा उत्पादन गर्दा समेत बजारको मागलाई कम्पनीले पुरा गर्न सकेको छैन् । कम्पनीले दैनिक ३ देखि ४ हजार वटा फ्रेम उत्दापन गरिरहेको छ ।

सुरुवातमा बजारमा प्रतिस्पर्धा गर्न गारो भएको भए पनि, चाईना र भारतबाट आउँने फ्रेमको मूल्य कम हुने हुँदा हामीलाई प्रतिस्पर्धा गर्न गारो भएको अर्यालको भनाई छ ।

सरकारले भन्सारमा कडाई गरेसँगै स्वदेशी उद्योगलाई प्रत्साहन मिलेको छ । कम्पनीले हाल उत्पादनको बजार हिस्सा ६० देखि ७० प्रतिशत छ ।

नेपालमा यो उद्योग हो,नयाँ भएको कारण रिसाइकल प्लाण्ट भने छैन् २ महिना भित्र प्लान्टको कम्पनी स्थापना गर्ने तयारि थालीएको छ । कच्चा पदार्थ भारत र चाईनाबाट ल्याउँछौ । त्यसपछि ठूलो प्रोडक्सान लाईन पनि थप्ने छौँ ।

प्रत्यक्ष अप्रत्यक्ष रुपमा १ सय देखि १सय ५० जनाले रोजगारी पाएका छन् । यस इण्डष्ट्रिजको लागी करिब १५ करोड रुपियाँ लगानी गरिएको छ ।

नेपालमा बार्षिक २० देखि ३० करोड रुपैयाँको फ्रेमको व्यवसाय हुन्छ । तर, हामीले चाईनाबाट ल्याउँने कच्चा पदार्थ र चाईनिज कम्पनीबाट आउँने रेडिमेड समानको मूल्य एउटै पर्छ । त्यसैले सम्बन्धित निकायले यसमा मूल्यांकन गर्ने मूल्यमा व्यवस्थित गर्ने हो भने नेपालमा अन्य उद्योग चल्छ भन्नु हुन्छ अर्याल ।

चीनबाट कच्चा पदार्थ आयत गरेर हामीले अन्र्ताष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने हाम्रो गुणस्तरिय उत्पादक छ । हामलिे अरु व्यावसायीलाई प्रत्साहित गर्नको लागि डडेलधुरा,ओखलढुङगा जस्तो विकट ठाउँम हामीले उद्योग स्थापना गरेको छौं। सस्तो रेटमासमान अपूर्तिको व्यावस्था गरिदिएका छौं । सरकारले यस्मा दासै सुविधा भने नदिएको अर्यालले गुनासो गर्नु भयो ।सरकारले औधौगिक क्षेत्रमानै कारखान ाराख्न दिएर उत्पादनमा प्रोत्साहन गरेको छ हामी यस्मानै आधारी छौं ।

व्यापार व्यावसाय उद्योगीलेनै गर्ने हो ।सरकार सँगमा आशामा गरेर हुदैन । बजार राम्रो भएकाले हामी हाम्रो उद्योगलाई राम्रो बनाएर लान सक्ने कुरामा हामी विश्वस्त छौं । फोटो कन्सन १९६० देखि स्वर्गीय डिवी थापालृे शुरु गरेको सानो फोटो पसलको स्वरुपनै आजको फोटो कन्सन हो ।थापा को लगनशलिता कर्मठ कर्मचारीको लगाव आधुनिक प्रबिधिको प्रयोग गदै आज सम्म् फोटो कन्सन यहाँ आईपुगेको छ ।

कुनै पनि काम गर्दा गुणस्तरिय सेवा दिन सकेमा त्यो व्यावसाय सफल बन्छ भन्ने कुरा आजको युवा पुस्ताले शिकेर पाठलिनु पर्ने छ । कोलकतामा फोटो खिच्ने तालिम लिएर आएका स्र्गीय थापासँग फोटो खिच्ने मान्छेको लाईन आज सम्म पनि कायम रहेको छ । त्रिभूवन विश्वविद्यालयको कन्भोकेसनमा धेरै मान्छे लाईन बसेर पनि हामीले सेवा प्रवहा गर्न सकेनै । गुणस्तरीसेवानै फोटो कन्सनको अभियान हो । ५० जना कर्मचारीले फोटो कन्सनको यात्रालार्य अगाडिबढाएका छन् । विस्तारै फोटोको पेपरलेस बाट फोटो वुकमा परिणत हुदैछ ।

नेपालमा एकमात्र फोटो वुक हामीले बनाई रहको छौ,यस्को लागि धेरै कर्मचारी आवश्यक पदैन् प्रबिधिलेनै सबैकाम गदै जान्छ ।हाल कप प्रन्ट,लगायत अरुमा सामानमा प्रन्ट गदै आप्नो बजार विस्तार गरेको छौं, महिनामा २६ हजार कप प्रन्ट गदै आएका छौं ।