भर्खरै रेलिगेसनबिनाको लिगले विश्राम लिएको छ। सहिद स्मारक ‘ए’ डिभिजन लिगको इतिहासमा यो पहिलोपटक भएको हो। २०७० मा लिग आयोजना भएयता विभिन्न कारणवश लिग हुन सकेन। अखिल नेपाल फुटबल संघ (एन्फा) मा यसै वर्षको वैशाखको चुनावबाट नयाँ पदाधिकारीको चयन भयो। जसअनुसार कर्मा छिरिङ शेर्पा अध्यक्षमा निर्विरोध निर्वाचित हुँदा सबै पदमा शेर्पाकै प्यानल विजयी भएको थियो। सोही जितपछि नै उहाँले सहिद स्मारक ‘ए’ डिभिजन लिग सुचारु गर्ने वचन दिनुभयो ।
असोजदेखि हुने भनेर लिगको मिति तोकियो। तर यसमा रेलिगेसन भने नहुने प्रावधान राखियो। लामो समयपछि लिग हुने भएकाले सबै क्लबले रेलिगेसन नहुने भए पनि सहमति जनाएपछि लिग सूचारु भयो र राम्ररी समापन पनि भयो। लिगको तयारीका लागि प्रत्येक क्लबलाई २० लाख रुपियाँ दिइएको थियो।
४२औं संस्करणको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले शानका साथ उपाधि जितेको छ। मनाङले अन्तिम खेलबाहेक लगातार १२ खेल जितेर ३६ अंकसहित उपाधि रक्षा गरेको हो। पछिल्लोपटक आयोजित लिग २०७० मा पनि मनाङ नै उपाधि विजेता भएको थियो। अन्तिम खेलमा फ्रेन्डस्का विकास लामाले गोल गरेर मनाङको स्वादिलो गाँसमा ढुंगा मिसाइदिएका थिए। इन्डिङ झुर भए पनि लिग विजेताको हैसियतले मनाङले आगामी एएफसी कप २०१९ मा खेल्ने पक्का गरेको छ।
मनाङको यो आठौं लिग उपाधि हो। यसरी नेपाली लिगमा सर्वाधिक जित्नेमा मनाङ धेरै अगाडि बढेको छ। टोलीले २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२, २०७० मा उपाधि जितेको थियो। यसपछि रानीपोखरी कर्नर टिम (आरसीटी) ले ६ पटक जितेको छ भने थ्रीस्टार र एनआरटीले ४/४ पटक लिगमा उपाधि जितेका छन्।
कसको झोलामा कति रकम?
एन्फाले यसपटक प्रत्येक जितको लागि ५० हजार र बराबरीको लागि १५ हजार नगद पुरस्कार दिइने प्रोत्साहनस्वरुप नयाँ नियम निकाल्यो । जसमा च्याम्पियन मनाङ मस्र्याङदी क्लबले सबैभन्दा बढी रकम प्राप्त गरेको छ । अंकतालिकासहित पुरस्कार रकम र खेलबाट प्राप्त बोनस रकम यहाँ प्रस्तुत गरिएको छ।
संकटा क्लबले भर्खरै सकिएको ‘ए’ डिभिजन लिगमा दोस्रो स्थान हात पा¥यो। संकटाले सुरुआत खेलमा सरस्वती युवा क्लबलाई अन्तिमतिर बल्लतल्ल हराएको थियो। इन्जुरी समयमा लक्ष्मण रुचालले गोल गरेपछि संकटा जितेको थियो। सो खेल हेर्दा संकटाले औसत प्रदर्शन गर्ने देखिएको थियो।
यसपछि भने संकटाले डार्क हर्सका रूपमा अगाडि बढ्दै १०औं चरणसम्म च्याम्पियन मनाङलाई कडा चुनौती दिएको थियो। तर ११औं चरणमा मनाङसँग ३–१ ले हारेपछि संकटाको उपाधि जित्ने आशा लगभग समाप्त भएको थियो। संकटाले ९ खेल जितेको थियो। टोलीका प्रशिक्षक सल्यान केसीले पनि यो अप्रत्याशित नतिजा रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीले त शीर्ष ६ ताकेका थियौं। तर यसरी दोस्रो नै हुने आस भने गरिएको थिएन।’
दोस्रो भएपछि टोलीलाई लिग समापनकै दिन सम्मानसमेत गरिएको थियो। दोस्रो भएको खुसीमै टोलीलाई आगामी दिन थाइल्यान्ड भ्रमणमा लगिने क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले बताउनुभयो।
थ्रीस्टार क्लबले उपाधि जित्ने हिसाबले तयारी गरेको थियो। मनाङबाट अनिल गुरुङलाई टोलीमा आबद्ध पनि गरायो। तर तेस्रो चरणको खेलमा मनाङसँग २–१ ले पराजित भएसँगै थ्रीस्टारका लागि उपाधि जित्ने आश करिब करिब त्यहीं नै समाप्त भयो। थ्रीस्टार यसपालि उपाधि जित्नैका लागि आएको थियो। तर टोलीले तेस्रो स्थानमै चित्त बुझाउनुपरेको छ।
क्लबका कार्यवाहक अध्यक्ष अरूणमान जोशीले यो नतिजा पनि स्वीकार भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामी त लिग च्याम्पियन बन्ने आशमा थियौं। तर मनाङसँग हार्नु नै हाम्रो लक्ष्य पूरा हुन नसकेको हो।’
मनाङकै वर्चश्व
विधागतमा उत्कृष्ट हुनेमा मनाबकै वर्चश्व रह्यो। पा“च मध्ये ३ मा मनाबकै दबदबा रहेको हो। विधागतमा उत्कृष्ट हुनेलाई पल्सर मोटरसाइकल र ५० हजार नगद पुरस्कार दिइएको थियो। गोलकिपर विशाल श्रेष्ठ मनाब फरवार्ड भरत खवास आर्मी मिडफिल्डर हेमन गुरुब मनाब डिफेन्डर रन्जित धिमाल थ्रीस्टार प्रशिक्षक सुमन श्रेष्ठ मनाब हालै स्थापना स्वर्गीय मणि शाह उदीयमान खेलाडी पुरस्कारः विकास खवास (आर्मी) १ लाख नगद पुरस्कार।|
जित्ने आश करिब करिब त्यहीं नै समाप्त भयो। थ्रीस्टार यसपालि उपाधि जित्नैका लागि आएको थियो। तर टोलीले तेस्रो स्थानमै चित्त बुझाउनुपरेको छ। क्लबका कार्यवाहक अध्यक्ष अरूणमान जोशीले यो नतिजा पनि स्वीकार भएको बताउनुभयो। उहा“ले भन्नुभयो– ‘हामी त लिग च्याम्पियन बन्ने आशमा थियौं। तर मनाबस“ग हार्नु नै हाम्रो लक्ष्य पूरा हुन नसकेको हो।’
रगशालामा करिब ४ हजार दर्शक अटाउन गर्छन । तर समापन खेलमा समेत दर्शकको चाप नहुँदा यसपटकको लिग खल्ला भएको थियो । यही लिग भइरहँदा एभरेस्ट पिमियर लिग क्रिकेटमा भने दर्शकको चाप निकै र≈यो। फाइनल खेलमा त करिब २० हजार दर्शक त्रिवि मैदानमा ओइरिएका थिए। यो तथ्य हेर्दा नेपालमा फुटबललाई क्रिकेटले लोकप्रियता आधारमा पछि पारेको आभास गराउँछ। अबको लिग सञ्चालन गर्न सम्बन्धित निकायले
केही न केही आकर्षक तरिकाले आयोजना गर्नुपर्ने यो लिगले स्पष्ट देखाएको छ।
सो लिगमा विभागीय तीन टोलीको प्रदर्शन औसत नै र≈यो। त्रिभुवन आर्मी क्लब चौथो स्थानमा र≈यो भने नेपाल एपीएफ क्लब पाँचांै स्थानमा रहेको थियो। यस्तै लिगमा पछिल्ला दशकमा शानदार प्रदर्शन गरेको नेपाल पुलिस क्लब भने छैटौं स्थानमा रहन बाध्य भयो। ३९ खेल खेलेकामा विभागीय टोलीले १९ खेलमा जित हात पारेका थिए। यी तीन टोलीले लगातार प्रशिक्षण गर्न पाए पनि थ्रीस्टार, मनाङ र संकटालाई पछि पार्न सकेनन्।
सायद रेलिगेसन नहुने भएकाले हो कि लिगमा त्यति दर्शकको चाप रहेन। उद्घाटन खेलमा देखिएको भीड पछि विस्तारै घट्दै गएको थियो। सातदोबाटोस्थित एन्फाको मिनी रंगशालामा करिब ४ हजार दर्शक अटाउने गर्छन्। तर समापन खेलमा समेत दर्शकको चाप नहुँदा यसपटकको लिग खल्लो भएको थियो।
मच्छिन्द्र र एनआरटीलाई नोक्सान
प्रतिक्रिया