भारतको अस्टे«लियामा इतिहास


मेलबर्न, (एजेन्सी)
भारतीय क्रिकेट टोलीले अस्टे«लियामा टेस्ट सिरिज जित्दै लगभग ७२ वर्षको पर्खाईलाई समाप्त गरेको छ। विराट कोहलीको नेतृत्वमा रहेको टोलीले अस्टे«लियामा चार टेस्टको सिरिज २–१ ले जितेको हो ।

सिड्नीमा भएको चौथो तथा अन्तिम टेस्ट वर्षाको कारण ड्र घोषित हुँदा भारतले अस्टे«लियामा इतिहास रच्यो । योसँगै भारतले गावस्कर–बोर्डर ट्रफीमाथि पनि कब्जा जमाएको छ । सिड्नी टेस्ट बराबरी हुन अगाडि भारतले एडिलेड टेस्ट र मेलबर्न टेस्ट जितेको थियो । पर्थ टेस्टमा भने घरेलु टोली अस्टे«लियाले जितेको थियो । भारतले १९४७ देखि अस्टे«लियामा टेस्ट सिरिज खेल्दै आएकोमा सन् १९८१ मा चौथो तथा निर्णायक टेस्टमा भने पहिलो दिनदेखि नै भारत बलियो स्थितिमा रहेको थियो ।

भारतले पहिलो इनिङमा ७ विकेटको क्षेतिमा ६ सय २२ रन बनायो । टोलीका लागि भारतका लागि चेतेश्वर पुजारा र रिषभ पन्तले सतक प्रहार गरेका थिए । म्यान अफ द सिरिज बनेका पुजाराको यो सिरिजमा तेस्रो सतक थियो । उनले कूल ५ सय २१ रन बटुले भने रिषभ अस्टे«लियामा टेस्ट सतक बनाउने पहिलो भारतीय विकेटकिपर बनेका थिए । यसको जवाफमा अस्टे«लियाले ३ सय रन जोडेर फ्लोअनमा परेको थियो । पाँचौ दिन सोमबार वर्षा भएकाले खेल हुन सकेन ।