पेट्रोलियम ढुवानीमा रोक लगाइएपछि ट्यांकर व्यवसायी आन्दोलित

0
Shares

नेपाल समाचारपत्र
विराटनगर
नेपाल आयल निगमले भारतको बरौनी डिपोबाट पेट्रोलियम पदार्थ (इन्धन) ढुवानी गर्दै आएका १३ वटा ट्यांकरलाई रोक लगाइएपछि पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । महासंघले घोषणा गरेको आन्दोलनमा पँर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघले पनि समर्थन गरेको छ ।

महासंघको पँर्वघोषित कार्यक्रमलाई समर्थन गर्दै प्रदेश नम्बर १ मा पँर्वाञ्चल ढुवानी व्यवसायी संघका उपाध्यक्ष धु्रबप्रसाद सिग्देलको संयोजकत्वमा १२ सदस्यीय आन्दोलन समिति गठन गरिएको छ । निगमको प्रदेश १ कार्यालय विराटनगरबाट सञ्चालनमा रहेका १३ वटा ट्यांकरलाई तीन महिना ढुवानीमा रोक लगाइएसंँगै व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् ।

नियमविपरित लगाइएको प्रतिबन्ध फुकुवा नभए सोमबारबाट ढुवानी ठप्प पारेर देशव्यापी हड्ताल गरिने चेतावनी पेट्रोलियम ढुवानी व्यवसायीले दिएका छन् । निगमले ढुवानीकर्ता सुखदेव सिंहले सञ्चालन गरेका १३ वटा ट्यांकरलाई पुसबाट लागँ हुने गरी ढुवानीमा प्रतिबन्ध लगाउँदै प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नदिएको हो ।

नियम मिचेर प्रतिबन्ध लगाइएको भन्दै ढुवानी व्यवसायी र मजदुर आक्रोसित बनेका छन् ।

भारतको बरौनी डिपोदेखि नेपाल आयल निगमको विराटनगर डिपोसम्म ढुवानी गर्ने क्रममा गत मंसिर ६ गते सिंहले सञ्चालन गरेको को १ ख ५९६५ नम्बरको ट्यांकरबाट लक लागेकै अवस्थामा दुई हजार चार सय ८४ लिटर डिजेल चोरी भएको थियो । त्यसपछि सिंहले सञ्चालन गरेका सबै ट्यांकरलाई निगमले इन्धन ढुवानीमा तीन महिना रोक लगाएको हो ।

लक लागेकै अवस्थामा डिजेल चोरी भएको ट्यांकरलाई भने अबदेखि कहिल्यै ढुवानीमै प्रयोग गर्न नपाउने गरी निगमको बोर्ड बैठकले खारेज गरिदिइसकेको छ । ढुवानीकर्तालाई दोब्बर जरिवाना गर्दै चालक धर्मेन्द्र स्वर्णकारलाई छ महिनासम्म निगमको विराटनगर डिपो प्रवेषमा रोक लगाइएको छ ।

निगमले यस घटनाको छानविनसमेत गरेको थियो । तर, अहिलेसम्म छानविन प्रतिवेदन भने सार्वजनिक गरिएको छैन । पँर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौलाले एउटा ट्यांकरले फट्याई गर्दा सबै ट्यांकरलाई कारबाहीको दायरामा लैजानु गलत र प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको बताउनुभयो ।

उहाँका अनुसार डिजेल चोरीमा संलग्न ट्यांकरलाई पनि तीन महिनासम्म मात्रै ढुवानीमा रोक लगाउन पाउने नियम छ । पँर्वाग्रह साँध्न खोजिएको उहाँले बताउनुभयो । ढुवानीकर्ता र ट्यांकरलाई कानुनभन्दा माथि गएर गरिएको कडा कारबाहीको विरोध गर्दै उक्त कारबाही फिर्ता लिन माग गरिएको निरौलाको भनाइ छ ।

निरौलाले ट्यांकरबाट हुने इन्धन चोरी नियन्त्रण गर्न निगमले सेक्युरिटी लकिङ प्रणाली जडान गरेपछि आफँहरुले पनि समर्थन गरेको बताउँदै यस घटनाको छानविनका लागि व्यवसायी प्रतिनिधिसमेत रहेको निष्पक्ष समिति गठन गर्नुपर्ने माग गर्नुभयो । ढुवानी व्यवसायीले निगमसमक्ष विभिन्न ६ बुँदे माग अघि सारेका छन् ।

इन्धन ढुवानीमा तापक्रमको फरक अनुसारको लस पाउनुपर्ने, एक प्रतिशतसम्म लसलाई मँल्य बराबर मात्र जरिवाना गरिनुपर्ने, दुर्घटना हुँदा लस भएको परिणामको मात्र ढुवानी भाडा रोक्नुपर्ने, आयल निगमले भारतीय डिपोमा अधिकृतस्तरका कर्मचारी खटाएर लोडिङ सहज बनाउनुपर्ने, निगमका सबै डिपोबाट लकिङ प्रणाली चेकजाँच गरी ट्यांकरलाई सटिर्फिकेट दिनुपर्ने लगायतका माग ढुवानी व्यवसायीको छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष केशव आचार्यले ढुवानी व्यसायीले घोषणा गरेको आन्दोलनमा मजदुरहरुले पनि सहमति जनाएको बताउनुभयो ।