समृद्धि र नर्थ पोलको जित


काठमाडौं, (नेस)
समृद्धि गोरिल्लाज र काठमाडौं नर्थ पोल क्लबले तेश्रो बुम महिला बास्केटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेका छन् । समृद्धिले आयोजक मध्येको एक विशाल मिलन केन्द्र (बीएमके) लाई ४५–२० ले पराजित ग¥यो ।

टोलीको जितमा सोनी वाइबाले १४ अंक योगदान गरिन् । चण्डोलस्थित बीएमकेको कोर्टमा सन्जु हुवाइको १२ अंक सहयोगमा काठमाडौं नर्थ पोलले अर्को आयोजक एनसीसीएसलाई २९–२४ को साँघुरो अन्तरले हरायो । आठदिने प्रतियोगितामा ५ टिम सहभागी छन् ।